रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी


SHARES

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछानेसहित युवराज कंडेल समेत पक्राउ परेका हुन् । यसअघि यही प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लैजाने तयारी गरेको छ। उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।

हेर्नुस् भिडियो

 

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

चितवनका प्रहरी प्रमुख भन्छन्, 'रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं'

 

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV