प्रचण्डलाई ओलीको प्रस्ताव: पार्टी अध्यक्ष अब तपाईं मात्र !



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी अध्यक्षको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान दुई अध्यक्षबीच भएको भेटवार्तामा ओलीले अध्यक्षको जिम्मेवारी लिन प्रस्ताव गरेका स्रोतको दावी छ । ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारणले पनि पार्टीको एक मात्र अध्यक्षको रुपमा जिम्मेवारी लिन प्रस्ताव गरेका हुन् ।

अध्यक्षद्वयको भेटवार्तामा ओलीले प्रचण्डलाई भने, 'पार्टी अध्यक्ष अब तपाई मात्र हुनुस् । विगतको सहमति पनि कार्यान्वयन गर्न म तयार छु ।' यो प्रस्तावले शुक्रवार एकाएक नयाँ सहमति बनेको थियो । त्यसैका आधारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान ११ बजे नै सुरु भयो ।

ओलीले सहमतिअनुसार प्रधानमन्त्री पद पनि छाड्न तयार रहेको बताएपछि लामो समयदेखि रोकिएको एकता प्रकृयाका विवादित विषय शुक्रवार नै टुंगो लागेको छ ।ओलीले एकाएक नयाँ प्रस्ताव गरेपछि शुक्रवारको बैठकमा पूर्वएमालेको तर्फबाट उपाध्यक्षको रुपमा वामवेद गौतमलाई नियुक्त गर्ने प्रस्ताव आएको थियो । त्यस्तै, ईश्वर पोखरेललाई महाधिवेशनसम्म जबजका विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिने सर्तमा स्कुल विभागको जिम्मेवारी दिइएको छ ।

शुक्रवारको बैठकमै पार्टीको वरियतामा वरिष्ठ नेता माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि रहने प्रस्ताव पनि आएको थियो । प्रधानमन्त्री ओलीले सिंगापुरमा स्वास्थ्य अवस्थाको जाँच गरेर फर्किएपछि प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा नयाँ खालको अभ्यास सुरु हुने एक सचिवालय सदस्यले बताएका छन् । प्रधानमन्त्री ओली भदौको पहिलो हप्ता उपचारका लागि सिंगापुर जानेछन् ।

यो पनि पढ्नुहोस्

नेकपाको ३३ विभाग टुंगो लाग्यो, स्कुल विभागमा ईश्वर पोखरेल सर्वसम्मत

नेकपाको उपाध्यक्षमा वामदेव गौतम, प्रचार विभागमा नारायणकाजी श्रेष्ठ 'प्रकाश'

नेकपा कार्यविभाजन: कुन विभागको प्रमुख, उपप्रमुखमा को-को ? (नामावलीसहित )




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV