विकासमा जुट्न नेता नेपालको आग्रह (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको विकाशका निम्ती एकजुट हुन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले विकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताए । सानो–ठूलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए ।

कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने विश्वाश व्यक्त गरे । पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारीबिना आएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले सरकारले कुन काम हतारमा ल्याएको भन्ने स्पष्ट नपारे पनि काठमाडौंको विकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्नेमा जोड दिए । उनले स्थानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर कुर्न नहुने बताए ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV