जनतको अपेक्षाअनुसार नै विकास निर्माण अघि बढ्छ : मन्त्री आङ्बो



पाँचथर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले अब जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्ने बताएका छ ।

पाँचथरको सदरमुकाम फिदिममा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आङबोले पहिलो वर्ष संविधान कार्यान्वयन, समृद्धि र विकासका निम्ति आधार वर्षको रुपमा व्यतीत भएको र दोस्रो वर्ष जनताको अपेक्षाअनुरुप विकास निर्माणको कामलाई अघि बढाउने बताए ।

प्रदेश नम्बर १ मा ठूलाठूला आयोजना पनि सञ्चालन हुन लागेको र ती योजनालाई पनि समयमै सम्पन्न गर्ने गरी प्रदेश सरकार लागि परेको उनले उल्लेख गरे । मन्त्री आङ्बोले पाँचथरमा अबको दुई वर्षभित्र सबै गाउँगाउँमा विद्युतीकरण गरेर जिल्लालाई उज्यालो जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, उनले जिल्लाको फालेलुङ गाउँपालिकामा केही वर्षअघि पहिरोबाट विस्थापित भएका परिवारलाई एकीकृत बस्ती निर्माण गरेको र अब यस वर्ष याङ्वरक गाउँपालिकाका पहिरोपीडितलाई पनि उनीहरुले भनेकै स्थानमा गएर एकीकृत बस्ती विकास प्रदेश सरकारले गरिदिने बताए । यस्तै, सोही कार्यक्रममा राप्रपाका नेता सुरेश शाहलगायत आधा दर्जन व्यक्ति नेकपामा प्रवेश गरेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV