सभापति देउवाद्वारा बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त



झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शनिबार झापा आएका सभापति देउवाले बिर्तामोडस्थित बस्नेत निवास नै पुगेर ९७ वर्षीय स्व. बस्नेतको नवौँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि व्यक्त गरे । सभापति देउवाले बस्नेत र बस्नेत परिवारले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे । उनले स्वर्गीय बस्नेतको तस्वीरमा माल्यर्पणसमेत गरे ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV