किन घट्यो टेलिकमको नाफा ?



काठमाडौं । नेपालको टेलिकमको नाफा गर्त वर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गत वर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमायो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी टेलिकमको खुद नाफा अघिल्लो वर्ष घट्नुमा दुई कारण जिम्मेवार भएको बताउँछन् । ‘गत वर्ष हामीले ४ अर्ब नवीकरण शुल्कबापत सरकारलाई बुझायौं,’ उनले भने, ‘ठूलो रकम नवीकरण शीर्षकमा तिरेपछि नाफा कम भएको हो ।’

उनका अनुसार गत वर्षको बजेटमार्फत सरकारले कर्पोरेट कर ५ प्रतिशतले वृद्धि गरेपछि पनि नाफामा असर गरेको हो ।

‘कर्पोरेट कर २५ बाट ३० प्रतिशत पुगेपछि करमा हाम्रो १ अर्ब रकम बढी तिर्यौं,’ उनले भने, ‘खुद नाफा कम देखिनुमा योबाहेक अन्तर्राष्ट्रिय कलको दर घट्नु पनि हो ।’

टेलिकमले आफ्नो आर्थिक प्रतिवेदनमा नेपालबाट विदेश काम गर्न जाने संख्यामा आएको कमीलाई पनि चुनौतीका रूपमा उल्लेख गरेको छ ।

वदेशमा बस्ने नेपालीले गर्ने कल पनि टेलिकमको आम्दानीका ठूलो हिस्सा रहँदै आएको छ । नेपालका टेलिकम सेवा प्रदायकहरूले करिब ३० प्रतिशत आम्दानी नेपालबाहिर हुने कलको माध्यमबाट कमाउँदै आएका छन् ।

कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV