पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य « Nagarik Khabar

पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणअन्तर्गत सामाजिक सञ्जालमा रडले हिर्काएको जस्ता अनर्गल प्रचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले यसबारे प्रष्ट पारेका छन् । मल्लको अनुसार पुरानो घाउका खाटा देखिएको विषयलाई विभिन्न युट्युब च्यानलले बंगाएर भिडियो सार्वजनिक गरेको रहस्य सार्वजनिक गरिएको हो ।

एसपी मल्लका अनुसार पत्रकार पुडासैनी एक वर्ष पहिले मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको खुट्टा फ्याक्चर भएको र त्यसैको डाम देखिएको विषयमा मुचुल्का उठाउने क्रममा रड भन्ने शब्द प्रयोग भएको मल्लले बताए ।

युट्युब च्यानलहरुले पहिलेका फुटेजसमेत जोडेर कुटपिटको कुरा गरेको भन्दै प्रहरी प्रमुख मल्लले अनावश्यक हल्ला गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।पुडासैनीका परिवारका सदस्यले पनि शालिकराम मोटरसाइकल दुर्घटनामा परेर उनको खुट्टामा रड राखिएको बताएका छन् । पुरानो घाउका डामलाई नयाँ भन्दै घटनालाई मोड्न खोजिएको भन्दै प्रहरीले अनावश्यक प्रचार गर्ने विरुद्ध कडाइका साथ प्रस्तुत हुने जनाएको छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

रवि लामिछाने समर्थकको प्रदर्शनप्रति नेकपाको आपत्ति

पत्रकार पुडासैनीले डोरी किनेको पसलको सिसिटिभी फुटेजमा के छ ?

रवि लामिछानेको हिरासत बसाइ लम्बिने, पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?

रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

रवि लामिछानेसहित तीनै जनाको भरतपुरमा स्वास्थ्य जाँच

 चितवनका प्रहरी प्रमुख भन्छन्, ‘रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: