पत्रकार पुडासैनीले डोरी किनेको पसलको सिसिटिभी फुटेजमा के छ ? « Nagarik Khabar

पत्रकार पुडासैनीले डोरी किनेको पसलको सिसिटिभी फुटेजमा के छ ?



भरतपुर । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नका लागि डोरी किनेको पसल प्रहरीले फेला पारेको छ ।

सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कमा रहेको एक पसलबाट डोरी किनेको दृश्य फेला परेको छ ।

प्रहरीले पसलको सिसिटिभी फुटेज लिएर अनुसन्धान थालेको छ ।

बसपार्कको होटल कंगारुमा दिउँसो ३:३०मा पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्न सकिने अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले जानकारी दिए ।

पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका थिए । दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ ।

होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

प्रहरीले आत्महत्यामा दुरुत्साहनको अनुसन्धानका लागि लामिछानेसहित, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई हिरासतमा राखेको छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष घिमिरेको राजीनामा

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

रवि लामिछाने समर्थकको प्रदर्शनप्रति नेकपाको आपत्ति

पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य

रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

रवि लामिछानेसहित तीनै जनाको भरतपुरमा स्वास्थ्य जाँच

 चितवनका प्रहरी प्रमुख भन्छन्, ‘रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी  

पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’ 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: