६ वर्षीया बालिका बलात्कार गर्नेलाई १६ वर्ष जेल



गाईघाट । जिल्ला अदालत उदयपुरले ६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई पीडकबाट २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई ६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

आफ्नो छिमेकीका ६ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV