मेयर द्वारिकलाल चौधरीले पुनः चलाए डोजर



सुनसरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका अस्थायी संरचना र त्यहाँ राखिएका सामग्रीहरु हटाउन सुरु गरेको छ ।

सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकखण्डको पचरुखी चोकदेखि सडकको दायाँबायाँ साढे ८२ फिटभित्र रहेका संरचना भत्काएर खाली गरिएको हो । एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म खाली गरिसक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए । संरचना हटाउन सात दिनसम्म त्यस क्षेत्रमै पुगेर अनुरोध गरे पनि नहटाएकाले उपमहानगरले नै हटाउन थालेको हो प्रमुख चौधरीले बताए ।

एक सातामा रामधुनी नगरपालिकाको सीमासम्मका संरचना हटाएपछि अर्को एक साता पचरुखी पूर्व बुढीखोलासम्म रहेका संरचना खाली गरिने उपमहानगरपालिका कार्यालयले जनाएको छ । गत वर्षको भदौमा बुढीखोलादेखि पचरुखीसम्म खाली गरिएको थियो ।

यस वर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विपयगत कार्यालय र सरोकारवाला पक्षसँग प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV