धरानको दिल्ली पव्लिक स्कुलमा बम विस्फोट (फोटोफिचर)


SHARES

  • भैरब आङ्ला
 
सुनसरी । सुनसरीको धरानमा रहेको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पव्लिक स्कुलमा अज्ञात समुहले बम विस्फोट गरेको छ । 
 
गएराति १२ बजेर ७ मिनेट जादा ठुलो आवाजका साथ विस्फोट भएको थियो । 
 
स्कुलको उत्तरपटिको मुख्य गेटमा बम विस्फोट गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । विस्फोटबाट गेटमा सामान्य क्षति पुगेको छ । 
 
बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पव्लिक स्कुल धरानका अन्य स्कुलहरुको तुलनामा सुरक्षित स्थानमा रहेको छ । 
 
मध्यरातमा भएको विस्फोट पछि अहिले धरान प्रहरीले ब्यापक अनुसन्धान तथा खोजी गरीरहेको डिएसपी न्यौपानेले बताए । 
 
स्कुललाई लक्षित गरेर कसले र किन विस्फोट गरायो ? कुन प्रकारको विष्फोटक वस्तु विस्फोट गरिएको भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV