मन्त्री भट्टराईको सचिवालयमा पूर्वमाओवादी पनि



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सचिवालय बनाउँदासमेत पार्टी एकतालाई पुष्ट्याईँ व्यवहारमा उतारेका छन् ।

सामान्यतः यसअघि प्रधानमन्त्री होस वा मन्त्री भएकाहरुले आआफ्ना पूर्वपार्टीका बाहेकलाई स्थान दिएका छैनन् । तर, मन्त्री भट्टराईले भने पूर्वमाओवादीलाई समेत समेटेका छन् ।

पूर्वएमालेबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीको सचिवालयमा कोही पनि पूर्वमाओवादीका छैनन् । त्यस्तै पूर्वएमालेबाट मन्त्री भएकाहरुको सचिवालयमा कोही पनि पूर्वमाओवादीका छैनन् ।

त्यसैगरी, पूर्वमाओवादीबाट मन्त्री भएकाहरुले पनि पूर्वएमालेबाट कसैलाई पनि सचिवालयमा राखेका छैनन् । तर, मन्त्री भट्टराई आफू पूर्वएमालेका भएपनि पूर्वमाओवादीलाई समेत समेटेका छन् । यो कार्यले नेकपाको कार्यकर्ता बृत्तमा सर्वत्र प्रशंसा भएको छ ।

मन्त्री भट्टराईले पूमुख स्वकीय सचिवमा प्रेम गुरागाईँलाई राखेका छन् । उनी पूर्वएमालेका हुन् । त्यस्तै, पूर्वएमालेका सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र पूर्वमाओवादीका सम्पर्क मञ्चका अध्यक्ष निङ्मा डण्डु लामा सचिवालयमा राखेका छन् ।

हुन त मन्त्री भट्टराईले मन्त्री हुनासाथ पूर्वमाओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरेको कार्यले पनि प्रशंसा पाएको छ । त्यसो त प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्रीहरुका साथै सबैसँग समन्वय गर्दै काम गरिरहेका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV