पूर्वप्रेमिकाले गोप्य बच्चाको डर देखाएर लिइन् ४२ लाख रुपैयाँ, जानु पर्यो जेल !



एजेन्सी । एक महिलाले आफ्ना पूर्व ब्वायफ्रेण्डलाई फेक बच्चा देखाउँदै धम्की दिने र रकम असुल गरेकी छन् । धम्कीमा उनले जहिल्यै सेक्रेट बच्चा सार्वजनिक गर्ने बताउने गरेकी थिइन् । बच्चाको नाममा उनले लाखौँ रुपैयाँ असुल गरेकी छन् । तर अहिले २६ वर्षीया महिला चेलसिया रोबट्र्सले जेल सजाय भोग्नु परेको छ ।

चेलसियाले पटक पटक रकम लिएपछि एक्स ब्वायफ्रेण्ड समस्यामा परेका थिए । उनले पटक पटक गरेर ४२ लाख रुपैयाँ भन्दा धेरै रकम पूर्वप्रेमिकालाई दिए । तर धम्की दिन उनले छाडिनन् ।

पूर्व प्रेमीले आफ्नी पूर्वप्रेमिकाको वास्तविक अवस्थाका बारेमा पत्तो पाए । उनका बच्चा नभएको जानकारी पाएका पूर्व प्रेमीले पुलिसमा उजुरी गरे । अन्तिममा उनकी प्रेमिका अहिले जेलमा छन् ।

बेलायतको हल क्राउन कोर्टले महिलालाई दोषी ठहर गर्दै ४ महिना जेल सजाय सुनाएको छ । अदालतले महिलाले गर्भवती र सुत्केरी भएको कुरा समेत नक्कली भएको ठहर गरेको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV