बहुविवाह आरोपमा प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष गिरी पक्राउ



प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् । श्रीमती सीता केसीले दिएको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

श्रीमतीले साउन १० गते उजुरी गरे पनि गिरीलाई आइतबार पक्राउ गरिएको डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ०५७ सालमा प्रेम विवाह गरेका गिरीले दोस्रो विवाह गरेको श्रीमतीको आरोप छ । तर गिरीले भने दोस्रो विवाह नगरेको दावी गरेका छन् । गिरी नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका हुन् । 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV