रवि लामिछानेलाई हिरासतमा राख्न फेरि निवेदन दर्ता !



काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेविरुद्ध उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुन्धान गर्नुपर्ने भन्दै निवेदन दर्ता भएको हो ।

उच्च अदालत पाटनको हेटौँडा इजलाशमा उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले निवेदन दिएको इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए ।

उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदन उपर मंगलबार सुनुवाई हुनेछ ।

चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका लामिछाने र कंडेल साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलाशमा पुगेका थिए ।

पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाई गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो । निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन आज उच्च अदालत हेटौँडामा पुगेको छ । 

 यो पनि हेर्नुस् 

रवि लामिछानेविरुद्धको निवेदनको सुनुवाई सकियो, बिहीबार दुबै निवेदनमा सुनुवाई हुने

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV