विश्व अर्थतन्त्र सदृढ बनाउन एसियाली राष्ट्रको महत्वपूर्ण योगदान



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दाबी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले पुँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एसियाली राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताए ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको पुँजी बजारको दायरा बढ्दै गएको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले पुँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV