एसिसी यू–१९ एसिया कपः नेपालद्वारा युएईविरुद्ध २८६ रनको चुनौती प्रस्तुत



काठमाडौं । एसिसी यू–१९ एसिया कप अन्तरग समूह बि को अन्तिम खेलमा नेपालले युएइलाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलोम्बोस्थित मर्कन्टाइल क्रिकेट एसोसिएसन ग्राउण्डमा मंगलबार भएको खेलमा नेपालले टस हारेर पहिले व्याटिङ गरेका नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । नेपालले खराव सुरुवात गरेपनि मध्यक्रमका व्याट्सम्यानहरुले पारीलाई सम्हालेका थिए ।

नेपालका ओपनर रित गौगम पहिलो ओभरको पहिलो बलमा नै आउट भएका थिए । त्यस्तै अर्का ओपनर पवन सर्राफ पनि तेस्रो ओभरमा सञ्चित शर्माको बलमा शून्य रनमा आउट भए । तेस्रो विकेटका लागि आशिफ शेख र कप्तान रोहित पौडेलले ७० रनको साझेदारी गर्दै नेपालको पारीलाई अगाडि बढाए ।

आशिफ शेख व्यक्तिगत ४५ रनको स्थितिमा आउट भए । आशिफ आउट भएपछि व्याटिङमा आएका सन्दीप जोरासँग ८५ साझेदारी गर्दै पौडेल ६७ रनमा आउट भए । अर्धशतक बनाउने क्रममा पौडेलले ९ चौंका र एक छक्का प्रहार गरे ।

सुरुवातबाट नै आक्रामक शैलीमा व्याटिङ गरेका सन्दीप जोरा रिशव मुखर्जीको बलमा क्याच आउट भए । आउट हुन अधि जोराले ५३ बलमा ६ चौंकाको मद्धतमा ४८ रन बनाएका थिए । नेपालको २०६ रनको स्थितिमा कुशल मल्ल व्याक्तिगत २२ रन बनाउँदै आउट भए । यस्तै आठौं विकेटका लागि ७० रनको साझेदारी गरेका राशिद खान र कमल सिंह ऐरी क्रमश ४४ र ४१ रनमा आउट भए ।

युएइका आकाश तहिर र सञ्चित शर्माले समान ३–३ विकेट लिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV