नेपाल नादेझ्दा कपको फाइनल प्रवेश



एजेन्सी । नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपालले बिहिबार उज्वेकिस्तानको सामना गर्नेछ ।

मंगलबार किर्गिस्तानमा जारी नादेझ्दा कपको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० ले हराएको थियो ।

फहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । नेपालले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरु प्राप्त गरेपनि त्यसलाई सटिक दिशा दिन सकेन ।

दोस्रो हाफको ८६ औं मिनेटमा नेपालका फर्वाड सावित्रा भण्डारीले हेड मार्फग गोल गरे । नेपाल प्रतियोगिताको शिर्ष दुईमा रहँदै फाइनलमा पुगेको छ ।

प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल बिहिबार हुने तालिका रहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV