एक महिला: उमेर ३८ वर्ष, २० पटक गर्भवती



एजेन्सी । भारतको महाराष्ट्रकी एक महिला ३८ वर्षको उमेरमा २० पटक गर्भवती भएपछि चिकित्सक नै हैरान भएका छन् । महिलाले अहिले २०औं सन्तानको जन्म दिने तयारी छ ।

चिकित्सककाअनुसार ३८ वर्षीया लंकाबाइ खराट नामकी ती महिला केहीदिन अघि बच्चा जन्माउन अस्पताल पुगिन् । चिकित्सकले उनलाई सोध्ने क्रममा २०औं सन्तान जन्माउनका लागि अस्पताल पुगेको जानकारी दिएपछि चिकित्सक नै हैरान भए ।


डा.अशोक थोराटले ती महिलाका ११ छोराछोरी जीवित रहेको र २०औं बच्चाका लागि अस्पताल आएको जानकारी दिए । यसअघि उनी १९ पटक सुत्केरी भैसकेकी छन् ।
चिकित्सकले पेटमा भएको बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको बताएका छन् ।

२०औं सन्तान भने उनले अस्पतालमा जन्म दिने निश्चित भएको छ । १९ सन्तान भने उनले घरमै जन्माएकी थिइन् । गोपाल समुदायकी उनी ज्यालादारी गरेर गुजारा चलाइरहेकी छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV