स्पाइस जेटले नोभेम्बरदेखि नेपालमा पुनः उडान गर्ने



काठमाडौं। भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले नेपालमा पुन उडान गर्ने भएको छ । तीनवर्ष अघि स्पाइसले नेपालमा उडान बन्द गरेको थियो ।

कम्पनीले आउँदो नोभेम्बरदेखि मुम्बई-काठमाडौं-दिल्ली र दिल्ली-काठमाडौं-मुम्बई नियमित उडान गर्ने जेनरल सेल्स एजेन्ट जेनिथ ट्राभलले जनाएको छ ।

एजेन्टका एयरपोर्ट म्यानेजर राजेन्द्रकृष्ण जोशीका अनुसार स्पाइसले दैनिक दुई उडान गर्ने छ । यसका लागि स्पाइसले नेपाल नागरिक उड्डयन प्राधिकरणमा इजाजत मागेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV