फोटो नेपाल डट ट्राभल सञ्चालन



काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल डट ट्राभल’ वेबसाइट सञ्चालनमा ल्याएको छ । बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो वेबसाइट मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीलाई फोटोनेपाल डट ट्राभलले सहयोग पुग्ने धारणा राखेका थिए ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले वेबसाइट सुरु भएसँगै फोटोमार्फत नेपालको प्रवद्र्धनमा नयाँ चरण शुरु भएको बताए ।
यो वेबसाइट दैनिक ५ हजारभन्दा बढीले हेर्न सक्नेछन् । अहिले वेबसाइटमा एक हजार फोटो राखिएको बोर्डले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV