वाइडबडी प्रकरण : ‘भार घटाएको पैसा तिराउनू’



काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ । यसको पैसा तिराउन अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
 
निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो । दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए ।
 
१२÷१२ टन कम क्षमताका विमान लिँदा भएको मूल्यअन्तरबराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो ।
 
नत्र कूटनीतिक नियोगको सहयोगमा भ्रष्टाचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ । साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ ।
 
खरिद प्रक्रियामा सुरुबाटै त्रुटि भएको निष्कर्ष निकालिएको छ । प्रक्रियागत त्रुटिमै ऋण प्रवाह भएको पनि समितिको प्रतिवेदनले औंल्याएको छ ।
 
१ अर्बभन्दा बढीको ऋण लगानी गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई विज्ञको परामर्श लिन सुझाव दिइएको छ । निगमले दुवै कोषबाट २४ अर्ब ऋण लिएर एयरबसका २७४ सिट क्षमताका ए ३३०–२०० वाइडबडी खरिद गरेको थियो ।
 
आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजु बास्कोटाले यो समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV