पाइपबाट इन्धन : ३० महिनाको लक्ष्य, १७ महिनामै पूरा



काठमाडौं । सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए । बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ ।
 
यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो । अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ । यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ ।
 
‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं । हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउनेछन् ।’
 
यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले मंगलबार मध्याह्नदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ ।
 
निगमका अनुसार पाइपलाइनमार्फत प्रतिघण्टा २ लाख ९४ हजार लिटर इन्धन अमलेखगन्ज डिपोमा खसाल्ने क्षमता छ । हाल १ लाख ९२ हजार लिटरका दरले आपूर्ति गरिनेछ ।
 
काठमाडौंमा दैनिक ५ लाख लिटर पेट्रोल र ७ लाख लिटर डिजेल माग छ। देशभर दैनिक १६ लाख लिटर पेट्रोल र ४७ लाख लिटर डिजेल खपत हुन्छ । काठमाडौंका लागि साढे ३ र देशभर चाहिने मात्रा ल्याउन १८ घण्टा न्यूनतम क्षमतामा सञ्चालन गरे आपूर्ति सम्भव हुन्छ ।
 
आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्मा र दिवाकर भण्डारीले समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV