चिनियाँ सीमा क्षेत्रमा भारतीय वायु सेनाको ठूलो युद्ध अभ्यास !



एजेन्सी । भारतीय वायु सेनाले चिनियाँ सीमा क्षेत्रमा भारतीय वायु सेनाको ठूलो युद्ध अभ्यास सुरु गरेको छ । जसमा माउन्टेन स्ट्राइक कोरसमेत सामेल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अरुणाञ्चल प्रदेशमा वायु सेनाले थालेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो भनिएको छ । चीनको सीमा क्षेत्रमा पहिलो युद्ध अभ्यास भएको भारतीय वायु सेनाको दावी छ ।
अर्को महिना औपचारिक रुपमा सुरु हुने युद्ध अभ्यासको तयारी अहिले धमाधम चलिरहेको छ ।

त्यसका लागि भारतीय सेनाले ५ हजार भन्दा धेरै माउन्टेन स्ट्राइकको विशेष टोली चीन बोर्डरमा पुर्याएको छ । तयारी स्वरुप अहिलेदेखि नै वायु सेनाले अनौपचारिक रुपमा तालिम सुरु गरिसकेको छ । 
भारतीय वायु सेनाको युद्ध अभ्यासका बारेमा चीनले अहिलेसम्म कुनै पनि प्रकारको प्रतिक्रिया जनाएको छैन ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV