सूचना प्रविधिको विकासमा सरकारको विशेष जोड (भिडियो)



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको जानकारी दिए ।

ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको उल्लेख गरे ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा सरकारले आवश्यक पहल गरिरहेको बताए ।

मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको उल्लेख गरे ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV