‘बिपी कोइरालासँगको विवादले काँग्रेस परित्याग गरेँ’ (भिडियोसहित)

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-२



काठमाडौं । नागरिकखबरको फरक पाटोमा हामीले यस पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'का विषयमा सामग्री तयार गरेका छौँ ।

नेकपाका प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले जीवनका विभिन्न आरोहअवरोहका विषयमा आफैँले जानकारी दिएका छन् । उनको बाल्यकाल र स्कुल जीवनका विषयमा हामीले फरक पाटो-१ मा चर्चा गर्‍यौं ।

फरक पाटो-२ मा हामीले काठमाडौंमा श्रेष्ठले भोगेका अप्ठ्यारा अवस्था, शिक्षक र पत्रकारिताका विभिन्न पक्षमा चर्चा गर्छौँ ।

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-२

काठमाडौंमा भोकभोकै

अध्ययनका क्रममा आर्थिक अभाव थियो । त्यसैले ट्युसन पनि पढाएँ । तर, त्यसले पनि नपुगेर कति दिन त भोकै बसेको छु ।

हामी नरदेवी बस्थ्यौँ । नजिकै भोला शिवाकोटी भन्ने मिल्ने साथी हुनुहुन्थ्यो । म भोलाजीको घरमा जान्थें । उहाँले खाना खानुभयो भन्नुहुन्थ्यो । मैले खाएर आएको भन्थें । कहिले काहीँ खाना खाएको छैन, क्षेत्रपाटीमा गएर होटलमा खान्छु भन्थें । खाना खानका लागि पैसा थिएन । खानदेउ भन्न पनि सक्दिन थिएँ ।

लामो समयसम्म यस्तो समस्या भयो । कहिले काहीं साथीलाई देखाउनकै लागि भए पनि होटलमा जान्थें । तर, पैसा नभएकाले नखाइ फर्किन्थें । त्यो बेलापैसा नभएकाले बाध्यतामा धेरै झुट बोलेको छु । म होटलबाट छिटो फर्किएको देखेपछि भोलाजीले कति छिटो खाना खाएको भन्नुहुन्थ्यो ।

काठमाडौंमा जीवन धान्नका लागि ट्युसन पढाउँथें । कालधारामा एउटा कर्णेलको घरमा बालबालिकाहरु पढाउन जान्थें । घरघरमा पुगेर पढाउने कामले जीवन धान्न सहयोग गरेको थियो । त्यसबापत महिनाको ६० रुपैयाँ आम्दानी हुन्थ्यो ।

अध्ययनका क्रममा आर्थिक अभाव थियो । त्यसैले ट्युसन पनि पढाएँ । तर, त्यसले पनि नपुगेर कति दिन त भोकै बसेको छु । हामी नरदेवी बस्थ्यौँ । नजिकै भोला शिवाकोटी भन्ने मिल्ने साथी हुनुहुन्थ्यो । म भोलाजीको घरमा जान्थें । उहाँले खाना खानुभयो भन्नुहुन्थ्यो । मैले खाएर आएको भन्थें । कहिले काहीँ खाना खाएको छैन, क्षेत्रपाटीमा गएर होटलमा खान्छु भन्थें । खाना खानका लागि पैसा थिएन । खानदेउ भन्न पनि सक्दिन थिएँ ।

यसपछि आफ्नो पढाइलाई निरन्तरता दिन र पार्टीलाई समेत सहयोग गर्न काठमाडौंको सिद्धार्थ वनस्थली हाइस्कुलमा पढाउन थालें । यो काममा कामरेड निर्मल लामाको जोड थियो । अध्ययन र राजनीति दुवैलाई फाइदा हुने भएपछि मैले सिद्धार्थ वनस्थलीमा पढाउन थालें ।

पहिलो वर्ष नै गिरफ्तार

क्याम्पस भर्ना भएको केही समयपछि नै म विद्यार्थी नेताको रुपमा स्थापित भैसकेको थिएँ । पहिलो वर्षमै गिरफ्तार परें । त्यो बेला म १६ वर्षको थिएँ । गिरफ्तारपछि मलाई सरकारले सेन्ट्रल जेलमा राखियो ।

हामीले त्यसबेला बिपी कोइरालाको पक्षमा पर्चा बनाउने र छर्ने काम गर्थ्यौं । महाराजगञ्ज क्याम्पसमा पनि विधार्थी हड्तालको नेतृत्व गर्‍यौं । यहीं कारण प्रशासनले मसहित केही साथीहरु बसेको होस्टल राति घेरेर पक्राउ गर्‍यो ।

त्यो बेलाको शान्ति सुरक्षा कानुनअनुसार हामीलाई केन्द्रीय कारागार लगिएको थियो । उक्त घटनापछि म विद्यार्थी कम र राजनीतिक गतिविधिमा बढी संलग्न हुन थालें ।

प्रशासनको गिरफ्तारीमा परेपछि मेरो ध्यान राजनीतिमा सोझियो । तर पनि मैले राम्रो नम्बर ल्याएरै उत्तीर्ण थिएँ । यस तह पास गरेपछि म एमबिबिएस पढ्न पाउँथे । तर, मेरो ध्यान त्यसतर्फ लागेन ।

क्याम्पस भर्ना भएको केही समयपछि नै म विद्यार्थी नेताको रुपमा स्थापित भैसकेको थिएँ । पहिलो वर्षमै गिरफ्तार परें । त्यो बेला म १६ वर्षको थिएँ । गिरफ्तारपछि मलाई सेन्ट्रल जेलमा राखियो ।

अध्ययन आफ्ना लागि र जीवन राजनीति तथा देश र जनताका लागि भन्ने विचार आयो । यद्यपि, मैले प्राइभेट रुपमा अध्ययनलाई निरन्तरता दिएँ । जनप्रशासन र अर्थशास्त्रमा स्नातक गरेँ । त्यसपछि मैले जनप्रशासनमै स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेँ ।

त्यो समय बिपी कोइराला भर्खरै भारत प्रवासबाट स्वदेश फर्किनुभएको थियो । बिपी कोइराला स्वदेश फर्किंदा हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि गएका थियौँ ।

जनप्रशासन क्याम्पसमा स्ववियु सभापति

मेरो राजनीतिक जीवन स्कुलबाटै शुरु भएको थियो । अर्थात् १४ वर्षको उमेरमै म राजनीतिमा होमिएको थिएँ । त्यो बेलादेखि नै निरकुंशतन्त्रविरोधी आन्दोलनमा म संलग्न भैसकेको थिएँ ।

होस्टलबाट गिरफ्तारपछि भने म राजनीतिमा बढी सक्रिय भएँ । तर, पढाइ निरन्तर थियो । स्नातक प्रभाइभेटबाट पूरा गरेपछि भने जनप्रशासन क्याम्पसको विद्यार्थी भएँ । त्यो समय म अत्यधिक बहुमतले स्ववियु सभापतिमा निर्वाचित भएँ ।

होस्टलबाट गिरफ्तारपछि भने म राजनीतिमा बढी सक्रिय भएँ । तर, पढाइ निरन्तर थियो । स्नातक प्रभाइभेटबाट पूरा गरेपछि भने जनप्रशासन क्याम्पसको विद्यार्थी भएँ । त्यो समय म अत्यधिक बहुमतले स्ववियु सभापतिमा निर्वाचित भएँ ।

“तरुण”को प्रभावले कांग्रेस भएँ

म सानैदेखि राजनीतिकरुपमा सचेत थिएँ । यसको पछाडि भने एकजना शिक्षकले ल्याउने तरुण पत्रिकाको योगदान छ । म त्यो पत्रिका स्कुलमा नियमित पढ्थें । त्यसले मलाई राजनीतिप्रति सचेत बनाएको थियो ।

म सानैदेखि राजनीतिकरुपमा सचेत थिएँ । यसको पछाडि भने एकजना शिक्षकले ल्याउने तरुण पत्रिकाको योगदान छ । म त्यो पत्रिका स्कुलमा नियमित पढ्थें । त्यसले मलाई राजनीतिप्रति सचेत बनाएको थियो ।

तरुण पत्रिकामा बिपी कोइरालाको अपील हुन्थ्यो । त्यसले मलाई प्रभावित गरेको थियो । जसका कारण नै म राजनीतिमा संगठितरुपमा लागेको थिएँ ।

नेपाली कांग्रेस र उसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध भएँ ।

जेलमा क्याप्टेन यज्ञबहादुर थापासँग भेट

२०३३ सालमा पहिलो पटक गिरफ्तार हुँदा म नेविसंघ आवद्ध थिएँ । नेविसंघको नेताको रुपमै म केन्द्रीय कारागारमा गएको हुँ । त्यहीँबेला मेरो भेट क्याप्टेन यज्ञबहादुर थापासँग भयो ।

उहाँ ओखलढुंगा काण्डका नायक हुनुहुन्थ्यो । कांग्रेसले ओखलढुंगाबाट सशस्त्र विद्रोहबाटै सरकारी संरचना कब्जा गर्ने र अगाडि बढ्ने रणनीतिअनुसार क्याप्टेन यज्ञबहादुर थापालाई पठाएको थियो । उक्त काण्डमा राम लक्ष्मणजस्ता थुप्रै योद्धाहरु मारिएका थिए ।

क्याप्टेन थापालाई सरकारले गिरफ्तार गर्‍यो । त्यसपछि उहाँलाई गोलघरमा राखिएको थियो ।

२०३३ सालमा पहिलो पटक गिरफ्तार हुँदा म नेविसंघ आवद्ध थिएँ । नेविसंघको नेताको रुपमै म केन्द्रीय कारागारमा गएको हुँ । त्यहीँबेलामा मेरो भेट क्याप्टेन यज्ञबहादुर थापासँग भयो ।

गोलघर भनेको त्यस्तो जेल, जहाँ एक जना पल्टिन मात्र ठाउँ पुग्थ्यो । त्यस्तो ठाउँमा उहाँलाई ताल्चा लगाएर राखिएको थियो । जेलमा हामीलाई देखेपछि उहाँले हँसिलो अनुहारसहित ‘नेपालमा अब प्रजातन्त्र आउँछ भन्ने मलाई विश्वास छ’ भन्नुभएको थियो ।

कांग्रेस परित्याग

बिपी कोइराला बिरामी भएपछि राजा वीरेन्द्रले उपचार गर्न अमेरिका पठाए । त्यही समय क्याप्टेन थापालाई सरकारले मृत्युदण्ड दियो । एक जनालाई उपचारका लागि अमेरिका पठाउने र अर्कालाई जेलमै रहेका बेला मृत्युदण्ड दिने घटनाले मलाई बेचैन बनाएको थियो ।

बिपी अमेरिकाबाट फर्किएपछि एक दिन म साथीहरुसँग उहाँलाई भेट्न गयौं । उहाँ चाबहिलस्थित तारणीप्रसाद कोइरालाको घरमा बस्नु हुन्थ्यो ।

भेटका बेला मैले बिपीलाई प्रश्न गरेँ, ‘तपाईलाई राजाले उपचारका लागि अमेरिका पठाउने, यहाँ तपाईको होनाहार कार्यकर्ता एवं कमाण्डर क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिने ? अझै तपाईले मेलमिलापको कुरा गर्ने ?’

भेटका बेला मैले बिपीलाई प्रश्न गरेँ,‘तपाईलाई राजाले उपचारका लागि अमेरिका पठाउने, यहाँ तपाईको होनाहार कार्यकर्ता एवं कमाण्डर क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिने ? अझै तपाईले मेलमिलापको कुरा गर्ने ?’

यस भेटमा मैले मेलमिलाप नीतिबारे बिपीलाई थुप्रै प्रश्न गरेँ । मेलमिलापको नीति पुष्टि गर्न चुनौती दिएँ । तर, उहाँले मेरो कुरालाई महत्त्व दिनुभएन ।

क्याप्टन थापाको हत्याबारे बिपीले उक्त काम राजाले नभइ उनका वरिपरिका हार्डलाइनरहरुले गरेको भने । त्यसपछि मैले बिपीलाई पुनः प्रश्न गरें, ‘राजासँग शक्ति नै छैन भने के को मेलमिलाप गर्नु पर्‍यो ?’ उहाँले मेरो चित्त बुझ्ने गरी उत्तर दिनुभएन । अन्तिममा पछि बिस्तारमा कुरा गरौँ भन्नुभयो ।

क्याप्टन थापालाई फाँसी दिने र बिपीलाई उपचारका लागि अमेरिका पठाउने अनि नेतृत्वबाट चित्त बुझ्दो जवाफ नपाएपछि मभित्र कांग्रेस नेतृत्व र नीतिमाथि धेरै प्रश्न उब्जियो ।

क्याप्टन थापालाई फाँसी दिने र बिपीलाई उपचारका लागि अमेरिका पठाउने अनि नेतृत्वबाट चित्त बुझ्दो जवाफ नपाएपछि मभित्र काग्रेस नेतृत्व र नीतिमाथि धेरै प्रश्न उब्जियो ।

अन्य घटनाक्रम पनि त्यस्तै देखिन थाले । यसपछि कांग्रेसको नेतृत्वमा सामन्तवाद विरोधी क्रान्ति पूर्ण हुन सक्दैन भन्ने निष्कर्षमा पुगें । कांग्रेसले सामन्तवाद र राजतन्त्रसँग कहीँ न कहीँ सम्झौता गर्छ भन्ने निष्कर्ष मैले निकालें । पछि घटनाक्रमले त्यो कुरा पुष्टि पनि गर्‍यो ।

कांग्रेसका कारण कम्युनिष्ट बनें

मेरो साहिँला दाइ चीनकाजी श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनमा धेरै अगाडिदेखि लाग्नुभएको थियो । मेरो काइँला बुवाको छोरा कम्युनिष्ट पार्टीबाटै वि.सं. २०१५ सालमा गोरखाबाट चुनाव लड्नुभएको थियो ।

यद्यपि‚ म प्रारम्भमै मार्क्सवादको दर्शन, सिद्धान्त र विचार पढेर वा बुझेर कम्युनिष्ट आन्दोलनमा लागेको होइन । राजनीतिक रुपमा नेपाली कांग्रेसले क्रान्तिकारीबाटोमा अगाडि बढ्न सक्दैन, यसले कुनै न कुनै ठाउँमा राजतन्त्र र सामन्तवादसँग सम्झौता गर्छ भन्ने निष्कर्षमा पुगेर पूर्ण लोकतन्त्र र गणतन्त्रको निम्ति नेपाली कांग्रेस परित्याग गरें ।

राजनीतिक रुपमा नेपाली कांग्रेसले क्रान्तिकारी बाटोमा अगाडि बढ्न सक्दैन, यसले कुनै न कुनै ठाउँमा राजतन्त्र र सामन्तवादसँग सम्झौता गर्छ भन्ने निष्कर्षमा पुगेर पूर्ण लोकतन्त्र र गणतन्त्रको निम्ति नेपाली कांग्रेस परित्याग गरें ।

त्यसपछि मैले दर्शन, विचारधाराको अध्ययन गर्न थाले । मेहनतपूर्वक अध्ययन गरें । त्यसपछि मार्क्सवाद नै ठीक, कम्युनिष्ट आन्दोलन नै ठीक र यसले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्छ भन्ने निष्कर्षमा पुगें ।

कम्युनिष्ट दर्शनको लामो समयको अध्ययनपछि म निर्मल लामा र मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन (त्यो बेलाको शक्तिशाली कम्युनिष्ट पार्टी)मा सामेल भएँ।

निर्मल लामाको योजनामा शिक्षक

विद्यार्थी र राजनीतिक जीवनलाई अगाडि बढाउन मैले बेलाबेलामा जागिर खाएको छु । मलाई निर्मल लामाले सिद्धार्थ वनस्थलीमा शिक्षकको जागिर खान पठाउनुभएको हो ।

सिद्धार्थ वनस्थलीको प्रिन्सिपल लक्ष्मण राजवंशीसँग उहाँको मित्रता थियो । उहाँहरु कम्युनिष्ट पार्टीको साथी हुनुहुन्थ्यो । लामा भूमिगत हुँदा पनि लक्ष्मण राजवंशीसँग सम्पर्क भैराख्थ्यो ।

विद्यार्थी र राजनीतिक जीवनलाई अगाडि बढाउन मैले बेलाबेलामा जागिर खाएको छु । मलाई निर्मल लामाले सिद्धार्थ वनस्थलीमा शिक्षकको जागिर खान पठाउनुभएको हो ।

सिद्धार्थ वनस्थलीको जागिरले दुईवटा काम गर्‍यो । एउटा, पार्टी जीवनलाई अगाडि बढाउन र अर्को स्नातकोत्तरको पढाइलाई अगाडि बढाउन निक्कै सहयोग गर्‍यो ।

अर्को पक्षमा मेरो काठमाडौंको अभावको जीवनमा थोरै भएपनि मद्दत गर्‍यो । मैले पढाउँदा तीन/चार सय रुपैयाँ तलब पाउँथे कि भन्ने लाग्छ ।

सिद्धार्थ वनस्थलीमा पढाउनुभन्दा अगाडि नै मैले अन्य ठाउँमा पनि जागिर खाएको थिएँ । महाराजगञ्ज क्याम्पसमा पढाइ सकेपछि मैले जनमत संग्रह हुनुपूर्व एक वर्षसम्म हेल्थ असिष्टेन्ट (एचए)को जागिर खाएँ ।

थोरै अवधि म नुवाकोट र केही समय गोरखाको आफ्नै गाउँको स्वास्थ्य चौकीमा पनि जागिर खाएँ । मेरो जागिरे जीवनको कुरा गर्दा म पहिले हेल्थ असिष्टेन्ट भएँ ।

थोरै अवधि मैले नुवाकोट र केही समय गोरखाको आफ्नै गाउँको स्वास्थ्य चौकीमा पनि जागिर खाएँ । मेरो जागिरे जीवनको कुरा गर्दा म पहिले हेल्थ असिष्टेन्ट भएँ । केही समय स्कुलमा पढाएँ र पछि सिद्धार्थ वनस्थली कलेजमै पनि केही समय पढाएँ । कलेजमा नेपाल परिचय पढाउँथे । तर, पछि सबै छाडेर राजनीतिमा मात्र केन्द्रित भएँ ।

पत्रकारिताका कारण राजकाज मुद्दा

शिक्षक हुँदा नै मैले पत्रकारिता सुरु गरेको थिएँ । राजनीतिअन्तर्गत नै मेरो पत्रकारिता यात्रा पनि चल्यो । मेरो क्षमता र प्रतिभालाई देखेर पार्टीले नै निर्णय गरेर मलाई पत्रकारितामा पठाएको थियो ।

मैले मूल्याङ्कन पत्रिका प्रकाशन गरें । त्यो बेला गर्जन र जनमत पत्रिकाकोसमेत सम्पादक भएर काम गरें ।

पत्रकार रहेको बेला मैले राजकाज मुद्दा पनि खेपें । धेरै दुःख पायौँ । मेरो टिममा धेरै साथीहरु हुनुहुन्थ्यो । हामी रातभर काम गर्थ्यौं । मलाई सम्झना छ, महेश मास्के पनि सँगै हुनुहुन्थ्यो ।

पत्रकार रहेको बेला मैले राजकाज मुद्दा पनि खेपें । धेरै दुःख पायौँ । मेरो टिममा धेरै साथीहरु हुनुहुन्थ्यो । हामी रातभर काम गर्थ्यौं । मलाई सम्झना छ, महेश मास्के पनि सँगै हुनुहुन्थ्यो ।

उहाँले हामीलाई धेरै सहयोग गर्नु हुन्थ्यो । महेश मास्के र म एक महिनासम्म चाउचाउ मात्र खाएर बसेका छौँ । त्यसरी हामीले पत्रकारिता गर्‍यौं ।

गिरिराजमणि पोखरेल, विश्वनाथ साह हाम्रा घनिष्ट साथी हुनुहुन्थ्यो । अहिलेको तरुण साप्ताहिकका सम्पादक परशु घिमिरे पनि मेरो पत्रिकाको स्टाफ हुनुहुन्थ्यो । डा. अच्युत वाग्लेको लेख तपाईले पनि हेर्नु भएको होला, उहाँ पनि हाम्रो पत्रिकामा काम गर्नुहुन्थ्यो ।

घटना र विचारकासम्पादक देवप्रकाश त्रिपाठी पनि हाम्रो पत्रिकालाई सहयोग गर्नुहुन्थ्यो ।

गिरिराजमणि पोखरेल, विश्वनाथ साह हाम्रा घनिष्ट साथी हुनुहुन्थ्यो । अहिलेको तरुण साप्ताहिकका सम्पादक परशु घिमिरे पनि मेरो पत्रिकाको स्टाफ हुनुहुन्थ्यो । डा. अच्युत वाग्लेको लेख तपाईले पनि हेर्नुभएको होला, उहाँ पनि हाम्रो पत्रिकामा काम गर्नुहुन्थ्यो । घटना र विचारकासम्पादक देवप्रकाश त्रिपाठी पनि हाम्रो पत्रिकालाई सहयोग गर्नुहुन्थ्यो ।

वि.सं. २०४६ सालको जनआन्दोलनका बेलामा पनि पार्टीले प्रचारप्रसारको जिम्मेवारी मलाई नै दिएको थियो । पार्टीको तर्फबाट पर्चा निकाल्ने, समाचार सार्वजनिक गर्ने र पत्रिकामार्फत पनि आन्दोलनलाई प्रोत्साहन गर्ने गरी मैले धेरै काम गरें ।

अहिले प्रविधिले धेरै फड्को मारेको छ । जसका कारण पत्रकारितामा अहिले सहज भएको छ । पहिले यस्तो सजिलो थिएन । लिडमा टाइप गर्नुपर्थ्यो । अहिले जस्तो अफसेट प्रेस थिएनन् । हामीले अनेक दुःख गरेर पत्रिका निकाल्यौं ।

पत्रकारिता गरेकै कारण राजकाजको मुद्दामा म एक पटक जेल गएको छु । २०३३ साल, २०३६ साल र २०४२/४३ साल गरी म तीन पटक जेल बसेको छु । पार्टीको नीतिअनुसार २०४६ साल पछि म १७/१८ वर्ष भूमिगत र अर्धभूमिगत रहेँ ।

पत्रकारिता गरेकै कारण राजकाजको मुद्दामा म एक पटक जेल गएको छु । समग्र प्रक्रियामा म तीन पटक जेल गएको छु ।

२०३३ साल, २०३६ साल र २०४२/४३ साल गरी म तीन पटक जेल बसेको छु । २०३३ सालको डेढ महिना मात्र जेल बसें । २०३६ मा पनि उस्तै डेढ महिना जति बसें । तर, २०४३ सालमा राजकाज मुद्दामा मलाई छिट्टै नै छाडियो ।

पार्टीको नीतिअनुसार २०४६ साल पछि म १७/१८ वर्ष भूमिगत र अर्धभूमिगत रहेँ ।

(नेता श्रेष्ठको दैनिकी र व्यक्तिगत जीवनका विभिन्न पक्षमा फरक पाटो-३ मा चर्चा गर्नेछौँ ।) 

यो पनि पढ्नुस्

बाल्यकालमा काँक्रा चोर्दा नराम्रो बदमासी गरेको छु (भिडियोसहित)




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV