चपली हाइट ३ की स्वस्तिमा



काठमाडौं । नेपाली फिल्म ‘चपली हाइट ३’को औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणासँगै फिल्मको फर्स्ट लुक समेत सार्वजनिक गरिएको छ ।

फिल्म सस्पेन्स र थ्रिलर कथामा बन्ने बताइएको छ । फिल्मको शुटिङ दशैं–तिहारपछि सुरु हुनेछ ।

फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्टको साथमा नव–कलाकार महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहने छ ।

अर्जुन कुमार र केडिसी हस्पिटलको संयुक्त लगानीमा बन्न लागेको फिल्ममा स्वस्तिमा र महेशको जोडी देखिनेछ भने सुपुष्पासँग नव–कलाकार प्रतिक श्रेष्ठले जोडी बाध्नेछन् । फिल्म निकेश खड्काले निर्देशन गर्दैछन् ।

फिल्म चैतमा रिलिज गर्ने तयारी छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV