नेपाल-भारत आवतजावतमा परिचयपत्रको व्यवस्था हुनुपर्छ : पम्फा भुसाल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाल–भारत आवत–जावतमा अनिवार्य रुपमा परिचयपत्रको व्यवस्था गर्न माग गरेकी छिन् ।

बुधबार संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद भुसालले यस्तो बताएकी हुन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गर्दै गएको पनि बताइन् ।

भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने गरेको बताउँदै त्यसलाई रोक्न दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताइन् । ‘भारतीय सीमा सुरक्षा बलले जबरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ भुसालले भनिन्, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’

सांसद भुसालले सीमा नाका बन्द गर्नुपर्ने बताएपछि प्रमुख प्रतिपक्षी दलका सांसदले भने त्यसको प्रतिवाद गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाएका हुन् ।

कँडेलले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए । नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने कँडेलको तर्क थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV