सहुलियतमा एलपी ग्यास दिने सरकारको तयारी (भिडियो)



काठमाडौं । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउन लागेको जानकारी दिए ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको खुलासा गरे ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दाबी गरे ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV