काठमाडौंमा चिनियाँ फिल्म महोत्सव



काठमाडौं । हरेक वर्ष हुँदै आइरहेको चिनियाँ फिल्म महोत्सव यस बर्ष यही भाद्र ३१ गते देखि असोज २ गते सम्म आयोजना हुने भएको छ ।

काठमाण्डौस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वर्ल्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको समेत सहभागिता रहनेछ ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यसपालि ६ वटा चिनियाँ फिल्म प्रदर्शन गरिने वर्ल्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी दिए ।

महोत्सवमा हरेक दिन दुई वटा फिल्म प्रदर्शन गरिने छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV