क्यारेबियन क्रिकेट लिगः बार्बाडोस ट्रिडेन्टले सेन्ट किट्सको सामना गर्दै



एजेन्सी । वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा बिहिबार सन्दीप लामिछाने सम्मिलित टोली बार्बाडोस ट्रिडेन्टले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीपले गुएना अमेजन वारिवर्स विरुद्व एक ओभर मात्र बलिङ गरेका थिए । एक ओभर बलिङ गरेका सन्दीपले ५ रन मात्र दिएका थिए । बार्बाडोस ट्रिडेन्ट गुएना अमेजन वारिवर्ससँग ४७ रनले पराजित भएको थियो ।

तीन खेल खेलेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स एक खेलमा जित र दुईमा हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै एक खेलमात्र खेलेको बार्बाडोस ट्रिडेन्ट अंक विहिन रहँदै पुच्छारमा छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV