नेकपा सचिवालय बैठक सुरु, एकीकरणका बाँकी काम पूर्णता दिइने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन बोलाइएको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको हो ।

यसअघि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि सिंगापुरबाट फर्किएपछि अर्का अध्य पुष्पकमल दाहालसँग गत आइतबार झण्डै २ घन्टा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली फर्किएपछि सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षबीच छलफल सुरु भएको छ । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेललाई समेत सहभागी भएका थिए । महासचिवले दुई अध्यक्षलाई पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्ताव जानकारी गराएका थिए ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्न बाँकी छ । केन्द्रीय विभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

ओली सिंगापुरबाट फर्किएपछि दुई अध्यक्षबीच शुक्रबार नै भेटवार्ता भएको थियो । शुक्रबार स्वास्थ्य अवस्थाका विषयमा कुराकानी भए पनि आइतबारदेखि भने दुई अध्यक्षबीच पार्टी र सरकारलाई प्रभावकारी पार्ने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV