जिग्री-पाँडेको ‘सक्किगोनि’



काठमाडौं । अन्तरिक विवादपछि टेलिसिरियल ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरुले नयाँ सिरियलमा देखापर्ने भएका छन् ।

मिडिया हबसँगको विवादपछि छुट्टिएका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलाकारहरू ‘सक्किगोनि’ नामक टेलिसिरियलमार्फत पुनः आउने भएका हुन् ।

बुधवार मधुसुदन पाठक ‘सीते बा’ले फेसबुकमा स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘थप जिम्मेवार बन्दै, नयाँ चुनौतीका साथ, दर्शकहरूको साथ र मायाको अपेक्षा राख्दछौं ...सक्किगोनि अब !’

उक्त टेलिसिरियल असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहीवारदेखि प्रशारण हुने जनाइएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV