पहिरोले संखुवासभाको सभाखोला थुनिँदा बाह्रबीसे बजार जोखिममा



संखुवासभा । अबिरल वर्षाका कारण सभापोखरी गाउँपालिकामा पहिरो खस्दा सभाखोला थुनिएको छ ।पहिरोले सभाखोला थुनिएपछि बाह्रबीसे बजार र खोला किनारका वस्ती उच्च जोखिमा परेका छ ।

बुधबार दिउँसो ३ बजे झरेको पहिरोले सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएको हो । खोला थुनिँदा वडा नम्बर ४ र ६ को रहेको फाक्सीबुकमा ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए। पहिरो करिव सात सय मिटरमाथि खेवउरिङ गाउँबाट झरेको हो ।

पहिरोले सभाखोला थुनिएपछि ३०० मिटर लामो ताल बनेको छ । तालका कारण गाउँपालिका केन्द्र रहेको बाह्रबीसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको वडाध्यक्ष पौडेलले बताए । उनले ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था रहेको बताए । बाह्रविसे बजार र खोला किनारमा रहेका १०० घर जोखिमा रहेको छ । घटना स्थल सदरमुकाम खाँदबारी बाट एक दिनको पैदलमा पर्छ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV