‘प्रधानमन्त्री ओलीले मुलुकलाई एक तन्त्रीय शासनतर्फ लैजाने प्रयास गरिरहेका छन्’



नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एक तन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको आरोप लगाएका छन् ।

महामन्त्री कोइरालाले मुलुकलाई एक तन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीको भूमिका मुलुककै लागि खतरनाक हुने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उनले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी पनि दिए । महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताए ।

उनले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भए पनि सरकारले जनताको चाहना र भावनाअनुसार काम गर्न नसकेको दावी गरे ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV