भैरवनाथ गणको हत्याका घटना बाहिर ल्याउन खोज्दा सरकारले भाँजो हाल्यो : अध्यक्ष शर्मा



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले नचाहेको दावी गरेका छन् ।

उनले सशस्त्र द्वन्द्वकालीन घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन गर्ने काम समेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए ।

बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एसिया’ विषयक अन्तरक्रिया कार्यक्रममा शर्माले द्वन्द्वकालीन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको दाबी गरे । भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागे पनि त्यसमा सरकारले भाँजो हालेको उनको जिकिर छ ।

आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हननको घटनालाई संरक्षण गर्ने काम गरिरहेको आरोप लगाए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV