जनकपुरको पगडीसहित भारतीय प्रधानमन्त्री मोदीका उपहार लिलामीमा (फोटोसहित)



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्राप्त भएका उपहार लिलामीमा राखिएको छ । भारतको पर्यटन मन्त्रालयले भारतीय प्रधानमन्त्री मोदीलाई प्राप्त भएका २ हजार ७ सय ७२ उपहार लिलामीमा राखेको छ । भारतीय पर्यटनमन्त्री प्रहलाद पटेलले लिलामीमा राखेर बिक्रि राखिएको जनाएका छन् ।

लिलामीमा राखिएका धेरै सामाग्री मध्ये नेपालको जनकपुरको पगडी पनि एक हो । जनकपुरको पगडी(गोलो घेरामा राखिएको)समेत लिलामीमा राखिएको छ ।


लिलामी हल सजाइएको र १४ देखि ३ अक्टुबरसम्म चल्ने लिलामीमा विभिन्न देशबाट प्राप्त भएका उपहार राखिएको छ । लिलामीमा सबैभन्दा धेरै बोली लगाउने व्यक्तिले उपहार प्राप्त गर्नेछ ।

लिलामीमा राखिएका विभिन्न सामाग्री मध्ये न्यूनतम २०० देखि साढे दुई लाख भारतीय रुपैयाँसम्म मूल्य निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि मोदीले उपहार प्राप्त गरेका १८०० सामाग्री लिलामीबाट बेचिएको थियो । उक्त लिलामीमा एउटै सामाग्री नै १० लाख रुपैयाँमा बिक्री भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV