इनरुवामा उराँव समुदायको करम पूजा शुरु


SHARES

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा आदिवासी जनजाति उराँव समुदायहरुको महत्त्वपूर्ण चाड करम पूजा सुरु भएको छ ।

नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुक्रबार करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गरी पर्वको सुरुवात गरेको छ । कार्यक्रममा सुनसरी र मोरङका उराँवहरुले आफ्नो परम्परागत पहिरन पुरुषहरुले धोती, गम्छाको पगरी र महिलाहरु रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना)मा सजिएर सहभागी भएका थिए ।

उराँवहरुको महान पर्वबारे जानकारी दिँदै संस्कृतिको संरक्षण र प्रदर्शन गर्ने कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए । करम पूजा एक महिनासम्म मनाइने अध्यक्ष उराँवले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV