प्रहरीबाट तीन दिदीबहिनीमाथि हिरासतमै यौन शोषण, नाङ्गो बनाएर कुटे



नयाँ दिल्ली । प्रहरीले महिलामाथि यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

भारतको असममा एक प्रहरीले तीन जना दिदीबहिनीसँग प्रहरी हिरासतमै कुटपिट गर्ने तथा उनीहरुमाथि यौन शोषण गर्ने गरेको खुलासा भएको हो ।

जानकारी अनुसार ती प्रहरीले महिलाको कपडा फुकालेर कस्टडीमै कुटपिट गरेका थिए । यो असमस्थित दारंग जिल्लाको घटना हो ।

एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जना दिदीबहिनीलाई पक्राउ गरेको हो ।

असमका डिजिपी कुलधर सैकियाका अनुसार थानाका सब इन्सपेक्टर महेन्द्र शर्मा र एक महिला कर्मचारी बिनिता बोरोलाई सस्पेन्ड गरिएको छ ।

गत १० सेप्टेम्बरमा तीन दिदीबहिनीमध्ये एक बहिनीका अनुसार, प्रहरीले आफूहरुलाई नाङ्गो बनाएर यौन शोषण गरेको उल्लेख गरेकी हुन् ।

तीन बहिनी २८, ३० र १८ बर्षका हुन् । ९ सेप्टेम्बर मध्यरातमा प्रहरीले उनीहरुको घरबाट तीन दिदीबहिनीलाई पक्राउ गरेको थियो ।

ती तीन दिदीबहिनीका भाइले एक हिन्दु महिलालाई बन्धक बनाएको आरोप लागेको थियो । प्रहरी उनीहरुको भाइ पक्राउ गर्न आएको थियो । ती दिदीबहिनीले भाइ केही दिनदेखि घरमा नभएको र सम्पर्कमा पनि नरहेको प्रहरीसमक्ष बताएका थिए । तर प्रहरीले दिदीबहिनीलाई नै पक्राउ गरेर लगेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV