'यस कारण मैले विवाह गरिन' (भिडियोसहित)

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-३



काठमाडौं । नागरिकखबरको फरक पाटोमा हामीले यस पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश’का विषयमा सामग्री तयार गरेका छौँ ।

नेकपाका प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले जीवनका विभिन्न आरोहअवरोहका विषयमा आफैँले जानकारी दिएका छन् । उनको बाल्यकाल, स्कुल जीवन, पत्रकारिता, शिक्षक र स्वास्थ्यकर्मीका विषयमा हामीले फरक पाटो-१ र २ मा चर्चा गर्‍यौं ।

फरक पाटो-३ मा हामीले अविवाहित श्रेष्ठका जीवनका विभिन्न पक्षमा चर्चा गर्छौँ ।

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-३

किन विवाह गरिनँ ?

जहाँसम्म प्रेम र विवाहको प्रश्न छ, यो कुरामा मेरो राजनीतिक जीवनसँग जोडियो । म १४ वर्षदेखि नै सक्रिय राजनीतिमा लागें । लामो र कठोर राजनीतिक जीवनमा लाग्दा मैले विवाहबारे सोच्ने समय पाइन । प्रेम सम्बन्धहरु भएर गुज्रिने समय र सन्दर्भ उपलब्ध भएन ।

मैले सुरुदेखि नै विवाह गर्दिन भनेको होइन । १८/१९ वर्षको उमेरमा झण्डै झण्डै मेरो विवाह भएको थियो । केटी पक्षको परिवारको पनि सहमति थियो । तर, म सम्पूर्णरुपले राजनीतिमा समर्पित भएँ । त्यसपछि त्यो सम्बन्ध अगाडि बढ्न सकेन ।

यसपछि राजनीतिक रुपमा मेरो जिम्मेवारी झन् बढ्न थाल्यो । राजनीतिक जिम्मेवारीका कारणले समय निस्कन सकेन । अहिले भने विवाह नगर्ने निष्कर्षमा पुगेको छु ।

मार्क्सको एउटा भनाइले मेरो सवकन्सस माइन्डमा प्रभाव परेको पनि छ कि भन्ने लाग्छ । मार्क्सले आफ्नाबारे एउटा महत्त्वपूर्ण भनाई सार्वजनिक गर्नुभएको थियो । उहाँले उक्त कुरा विवाह गरेर बालबच्चा जन्माएपछि भन्नु भएको थियो ।

उहाँले ‘म कति मुर्ख, म सामाजिक आन्दोलनमा, सामाजिक मुक्ति आन्दोलनमा लाग्ने मान्छे विवाह गरेर झण्झट किन ब्यहोरेँ ?’ भन्नुभएको थियो । अर्थात् मार्क्सले विवाह नगर्नु पर्ने थियो भनेर प्रष्ट शब्दमा भन्नुभएको छ । त्यसले मेरो जीवनमा पनि थाहै नपाई असर गर्‍यो कि भन्ने पनि लाग्छ ।

उहाँले ‘म कति मुर्ख, म सामाजिक आन्दोलनमा, सामाजिक मुक्ति आन्दोलनमा लाग्ने मान्छे विवाह गरेर झण्झट किन ब्यहोरेँ ?’ भन्नुभएको थियो । अर्थात् मार्क्सले विवाह नगर्नु पर्ने थियो भनेर प्रष्ट शब्दमा भन्नुभएको छ । त्यसले मेरो जीवनमा पनि थाहै नपाई असर गर्‍यो कि भन्ने पनि लाग्छ ।

तर मार्क्सको उक्त कुरा नै सही छ भन्ने होइन । मैले विवाह गरिनँ, त्यसैले अरु कामरेडले पनि विवाह गर्नु हुँदैन भन्ने होइन । मैले माक्सले त्यसो भनेकाले विवाह नगरेको होइन । त्यो भनाइले प्रभावित पार्‍यो कि भन्ने मात्र हो ।

मैले त मेरो राजनीतिक अवस्थाले नै विवाह नगरेको हुँ । पछिल्लो समयमा मैले सार्वजनिक रुपमा नै विवाह नगर्ने घोषणा गरिसकेको छु ।

मलाई विवाह नगरिकनै अगाडि बढ्न सक्छु भन्ने विश्वास छ । देश र जनतासँग नै विवाह गरे जस्तो महशुस हुन थालेको छ । आफ्नो मुक्ति र सिंगो मानव जातिको मुक्तिमा केन्द्रित हुन्छु भनेर लागिसकेको छु ।

जीवन के हो ?

जीवनबारे मेरो आफ्नै परिभाषा छ । जब मैले सचेत तरिकाले क्रान्तिकारी आन्दोलनलाई आत्मसात् गरें, त्यसपछि जीवनलाई मुक्तियात्राको रुपमा बुझेको छु ।

पशु र मान्छेमा फरक के छ । मान्छेमा पशुवृत्तिभन्दा केही भिन्न छ । त्यसकारणले मान्छे भएको छ । पशु र मान्छेमा हुने समान कुराहरु भनेको जन्माउने र जीविकोपार्जन गर्ने कुरा हो । त्यो पशुले पनि गर्छ र मान्छेले पनि । यदि मान्छे त्यसमा मात्र सीमित भए। पशु सरह हुन्छ ।

मान्छेले जन्माउने र जीविकोपार्जन गर्ने कुरा जीवनका लागि सहयोगी बनाउनु पर्छ । त्यसले मात्र मान्छे मान्छेको रुपमा चिनिन्छ ।

जीवन के हो ? जब मान्छे यो प्रश्नसँग टकराँउछ, वास्तवमा उ त्यसपछि नै सार्थक जीवन जीउन बाटोमा अगाडि बढ्छ । सामान्यतः मान्छे बाँचिरहेको हुन्छ । बाँचेर मात्र सार्थक मानव जीवन जिइरहेको हुन्छ भन्न सकिन ।

बाँच्ने क्रममा जीवनका अनेक पक्षको विषयमा खोजी गरिरहेको हुन्छ । जीवन के हो ?, जीवनको लक्ष्य के हो ?,उसले किन बाँच्नु पर्छ ? भन्ने प्रश्नको उत्तर खोज्न थाल्छ । यसले उसलाई गन्तव्यतर्फ लैजान सुरु गर्छ । त्यसपछि ऊ सार्थक मानव जीवनको यात्रातर्फ जान सक्छ ।

मान्छेको जन्म र मृत्युबीचको अवधि मात्रै जीवन होइन । जीवन जीविकोपार्जन, गर्नु र बाँच्नु मात्र होइन । लिभिङभन्दा लाइफ निक्कै फरक कुरा हो । बाँच्नु नै जीवन होइन ।

मान्छेको जन्म र मृत्युबीचको अवधि मात्रै जीवन होइन । जीवन जीविकोपार्जन, गर्नु र बाँच्नु मात्र होइन । लिभिङभन्दा लाइफ निक्कै फरक कुरा हो । बाँच्नु नै जीवन होइन ।

तर, जीवन जिउनका लागि बाँच्नु पर्छ । जीवन मुक्ति यात्रा हो । जसले सत्यसँग एकाकार हुने, देश, जनता एवं मानव समाजको सेवामा समर्पित हुने प्रकियामा नै आफ्नो मुक्ति निहित छ भन्ने वास्तविकतालाई आत्मसात् गर्छ त्यो जीवनलाई नै सार्थक जीवनको रुपमा लिनुपर्छ ।

मैले जीवनलाई मुक्ति यात्रा ठानेको छु । मेरो राजनीति मुक्ति यात्राको अभिन्न अंग हो । राजनीति सामान्य अवस्थामा राज्यसत्ता प्राप्तिका लागि हो । राज्यसत्ता सामाजिक आर्थिक रुपान्तरण गर्नका लागि हो ।

श्रमजीवी वर्गको पक्षमा काम गर्न र अन्ततः सिंगो मानव समुदायको हितका लागि राजनीति हो । मेरो मुक्ति त्यसमै अन्तरनिहित छ ।

मलाई यो कुराको बोध छ । मैले त्यसलाई निरन्तर अगाडि बढाइरहेको छु । म देश, जनता र मानव जातिको हितमा समर्पित भएर लागिरहेको छु ।

भौतिक सम्पत्ति छैन

मेरो कुनै घरघडेरी छैन । बैंक खाता छैन । कुनै कम्पनीको शेयर पनि छैन । अर्थात् मेरो व्यक्तिगत सम्पत्ति छैन । गाउँमा दुई तीन कित्ता पाखोबारी छ । तर त्यो पाखोबारी २०५७ सालमै मैले पार्टीले उपयोग गरोस भनेकै छु । त्यो अहिले त्यत्तिकै छ ।

म व्यक्तिगत सम्पत्तिबाट मात्र होइन, व्यक्तिगत सम्पत्तिजन्य मानसिकताबाट पनि मुक्त हुने दिशामा प्रयत्नरत छु । यो सच्चा कम्युनिष्ट बनिरहने र मुक्त बन्ने स्व–अभियान हो ।

यतिबेला मेरो लुगाफाटा र अन्य खर्चको कुरामा पनि चर्चा चासो हुनु स्वाभाविक हो । मेरा लागि आवश्यक कपडा मैले धेरै किन्न पर्दैन । साथीहरुले नै सर्ट, पाइन्ट ल्याउने गर्नुहुन्छ । कहिले काहीँ आउने त्यस्ता गिफ्टले नै मलाई पुग्छ ।

अहिले खर्चका लागि समस्यामा छु । मेरो खर्च पार्टीले नै व्यहोर्थ्यो । घरभाडा, खानाको खर्च र गाडी र त्यसका लागि आवश्यक खर्चसमेत पार्टीले व्यहोरिरहेको थियो ।अहिले एकीकरण भएपछि पार्टीले यस्तो कुरामा कुनै पनि निर्णय गरेको छैन । त्यसैले मलाई अहिले आर्थिक संकट परिरहेको छ ।

मेरो कुनै घरघडेरी छैन । बैंक खाता छैन । कुनै कम्पनीको शेयर पनि छैन । अर्थात् मेरो व्यक्तिगत सम्पत्ति छैन । गाउँमा दुई तीन कित्ता पाखोबारी छ । तर त्यो पाखोबारी २०५७ सालमै मैले पार्टीले उपयोग गरोस भनेकै छु । त्यो अहिले त्यत्तिकै छ ।

मेरा आफन्त र सहयोगीले सहयोग गरिरहनुभएको छ । मेरो खर्च ठूलो पनि छैन । तै पनि सजिलो भने छैन । मैले सचिवालय बैठकमा यस्तो अवस्थामा के गर्ने ? भन्ने टुंगो लगाउनु पर्छ भन्ने कुरा राखिसकेको छु । तर, निर्णय भएको छैन ।

व्यक्तिगत सम्पत्ति नभएको र व्यवसायमा पनि नजोडिएका व्यक्तिलाई कसरी हेर्ने भन्ने विषयमा पार्टीले प्रष्ट निर्णय गर्नुपर्छ । पार्टीमा एकनिष्ठ रुपले समर्पित हुनेहरुको विषयमा हामीले के गर्ने भन्ने टुंगो लगाउनु पर्छ । जुनसुकै तहको नेता भएपनि पार्टीले तिमीले कुनै अर्थोपाजर्नको काम गर भन्ने हो भने निर्णय पनि गर्नु पर्‍यो ।

सहयोग लिनेबारे आफ्नै मान्यता

आर्थिक सहयोग लिने विषयमा मैले प्रष्ट दृष्टिकोण बनाएको छु । ठूलो कर्पोरेट हाउसको सहयोग मैले चुनावको बेला पनि नलिने घोषणा गरेको छु । जीवन चलाउन त झन् कर्पोरेट हाउसको सहयोग लिँदै लिन्न ।

गिफ्टको विषयमा पनि म प्रष्ट छु । महँगो गिफ्ट लिने मेरो नीति छैन । एउटा घटना सुनाउँछु तपाईलाई । एक पटक एकजना राष्ट्रसेवक कर्मचारीले विदेशबाट आउँदा घडी किनेर ल्याउनु भएछ । उहाँ अहिले नेपाल सरकारको माथिल्लो ओहोदामा हुनुहुन्छ ।

महँगो गिफ्ट लिने मेरो नीति छैन । एउटा घटना सुनाउँछु तपाईलाई । एक पटक एकजना राष्ट्रसेवक कर्मचारीले विदेशबाट आउँदा घडी किनेर ल्याउनु भएछ । उहाँ अहिले नेपाल सरकारको माथिल्लो ओहोदामा हुनुहुन्छ ।

मेरोबारे उहाँ जानकार भएकाले पहिले मेरो स्वकीय सचिवालयमा प्रस्ताव राख्नु भएछ । ‘मैले सरका लागि घडी किनेर ल्याएको छु । त्यो घडी अली महँगो छ । सरले लिनु हुन्छ कि हुँदैन ?’ भनी मेरो सचिवालयलाई सोध्नुभए छ। मेरो सचिवालयले धेरै महँगो घडी सरले लिनुहुन्न भनेर फिर्ता गरेछ ।

दैनिकी कसरी बित्छ ?

म बिहान सबैरै उठ्छु । प्राय ४ः४५ बजे उठिसक्छु । ४५ मिनेट मर्निङवाक गर्छु । ६ बजेसम्म म घरमा आइसक्छु । त्यसपछि साधारण शारीरिक व्यायम गर्छु । त्यसपछि योग, प्राणायम र ध्यान गर्छु । त्यसपछि नुहाउने काम सक्दा झण्डै ७ः३० बज्छ । यो नियमित काम हो ।

बिहान साढे सात बजेदेखि केही समयसम्म पत्रपत्रिकाको सम्पादकीय र विचार–लेखलाई समय दिन्छु । त्यसपछि मात्र भेटघाटलाई प्राथमिकतामा राखेको छु ।

अध्ययनको कामलाई व्यवस्थित गर्न सकिरहेको छैन । मैले एउटा लेख मात्र लेख्न सकेमा एकै पटक एक दुई लाख व्यक्तिले पढ्छन् ।

म बिहान सबैरै उठ्छु । प्राय ४ः४५ बजे उठिसक्छु । ४५ मिनेट मर्निङवाक गर्छु । ६ बजेसम्म म घरमा आइसक्छु । त्यसपछि साधारण शारीरिक व्यायम गर्छु । त्यसपछि योग, प्राणायम र ध्यान गर्छु । त्यसपछि नुहाउने काम सक्दा झण्डै ७ः३० बज्छ । यो नियमित काम हो ।

तर, सानोसानो कुरामा पनि भेटघाट गर्न परिरहेको छ । मेरो योजनामा मात्र नभएर अरुको योजनामा भेटघाट गर्दा उपलब्धिपूर्ण हुन सकिरहेको छैन ।

सामान्यतः मैले अहिले पनि समय विभाजन गरेर भेटघाट गर्छु । तर, यसलाई अझ धेरै व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । अब अध्ययन र लेखनका लागि केही थपसमय छुट्याउने तयारी गरेको छु ।

मेरो ठूलो कमजोरी

मेरो ठूलो कमजोरी के हो भनेर तपाईले सोध्नुभयो भने म बाध्यतामा लेख्ने मान्छे हुँ भनेर जवाफ दिन्छु । बाध्यता परेर मात्र लेख्न थाल्छु । पार्टीमा डकुमेन्ट लेख्दा पनि अन्तिम अवस्थामा मात्र लेख्छु ।

अहिले लेख्नका लागि बाध्यता भैसकेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न पक्षमा लेख्नका लागि अहिले आवश्यकता भैसकेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक र सांस्कृतिक पक्षमा गम्भीर समस्याहरु देखिन थालेका छन् । उक्त समस्या समाधान नगरेसम्म जुन उद्देश्य राखिएको छ, त्यो पुरा गर्न सकिँदैन । त्यसैले अहिले वैचारिक अध्ययन, छलफल, बहस,संश्लेषण र विकास आवश्यक छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक र सांस्कृतिक पक्षमा गम्भीर समस्याहरु देखिन थालेका छन् । उक्त समस्या समाधान नगरेसम्म जुन उद्देश्य राखिएको छ, त्यो पुरा गर्न सकिँदैन । त्यसैले अहिले वैचारिक अध्ययन, छलफल, बहस,संश्लेषण र विकास आवश्यक छ ।

हाम्रो पार्टीभित्र पनि अहिलेको मुख्य आवश्यकता अध्ययन र विचारमा बहस हो । अब तपाईहरु मार्फत पनि म आफ्ना कुराहरु सार्वजनिक गर्छु । पार्टीलाई राम्रो र जनताको हितमा कसरी केन्द्रित गर्ने भन्ने विषयमा बहसलाई केन्द्रित गर्नु आवश्यक हुन्छ ।

मेरो खानेकुरा

खानेकुरामा पनि म सरल नै छु । पाँच वटा “नो” भन्ने छ । पहिलो म माछामासु खान्नँ । दोस्रो रक्सी सेवन गर्दिनँ । तेस्रो कोल्ड ड्रिङ्सपिउन छाडेको छु । चौथो चिया कफी पिउँदिन, ग्रिन टिसम्म कहिले काहीँ पिउँछु । पाँचौँमा चुरोट, पान, खैनी र सुपारी पनि खान्नँ । यसैलाई ‘पाँच नो’को नाम दिएको छु ।

म सकभर तीनवटा ‘जी’(ग्रिन) होस् भन्ने चाहन्छु । हरेक खानामा हरियो सागपात होस् भन्ने चाहन्छु । दोस्रो कुरा चिया लिनै परेमा ‘ग्रिन टि’ होस् भन्ने चाहना छ । तेस्रो, म बस्ने ठाउँमा हरियाली होस् भन्ने चाहना छ । सानो क्षेत्र भएपनि हरियो होस् भन्ने चाहना हुन्छ ।

खानेकुरामा पनि म सरल नै छु । पाँच वटा “नो” भन्ने छ । पहिलो म माछामासु खान्नँ । दोस्रो रक्सी सेवन गर्दिनँ । तेस्रो कोल्ड ड्रिङ्स पिउन छाडेको छु । चौथो चिया कफी पिउँदिन, ग्रिन टिसम्म कहिले काहीँ पिउँछु । पाँचौँमा चुरोट, पान, खैनी र सुपारी पनि खान्नँ । यसैलाई ‘पाँच नो’को नाम दिएको छु ।

योग, ध्यानमा लागेको भनेर केहीले मलाई प्रश्न पनि गर्नुभएको छ । तर मलाई के लाग्छ भने पूर्वीय दर्शनका राम्रा पक्षलाई मार्क्सवादले आत्मसात् गर्नुपर्छ । मार्क्सले हिजो जुनकुरा बुझ्न पाउनुभएन, त्यो कुरा अहिले हामीले पनि बुझ्न पर्दैन भन्ने सोच गलत हो । त्यो मार्क्सवादको प्रतिकूल हुन्छ ।

राम्रा पक्ष सबैबाट ग्रहण गर्नुपर्छ

मार्क्सवाद एक गतिशील विज्ञान भएकाले यसलाई विकास गर्दै जानु पर्छ । नयाँ नयाँ वस्तुगत परिवर्तनले माग गरेअनुसार यसलाई पनि परिमार्जन र विकास गर्दै जानुपर्छ । त्यसैले मार्क्सले यो विषयमा प्रवेश गर्न पाउनु भएन भनेर हामीले अध्ययन नगर्ने र राम्रा पक्षलाई आत्मसात् नगर्ने भन्ने हुँदैन ।

मार्क्सले ध्यान र योगबारे केही भन्नुभएन भनेर योग, ध्यान गर्दा मार्क्सवादी भइँदैन कि भनेर हुन्छ ? त्यो कुरा विज्ञान सम्मत हुन सक्दैन । त्यसैले पूर्वीय दर्शन र अध्यात्मको यो पक्षलाई आत्मसात् गर्नु आवश्यक छ ।

तर, मानव जातिको वा ब्राह्माण्डको सिर्जना ईश्वरले गरेको हो भन्ने कुरा गलत छ । म ईश्वर मान्दिनँ र त्यहीँअनुसार धर्मको पक्षमा पनि म छैन । यद्यपि, पूर्वीय दर्शन र अध्यात्मका कतिपय सकारात्मक पक्षलाई भने आत्मसात् गर्छु । गर्नु पर्दछ भन्ठान्छु ।

मैले आफूलाई राजनीतिक सन्यासीको रुपमा लिने गरेको छु । अहिलेको देशको राजनीतिलाई सही दिशातर्फ लैजानर यो राजनीतिक परिवर्तनमार्फत सामाजिक तथा आर्थिक रुपान्तरण गर्न, जनताको जीवन फेर्न र मुलुकलाई समृद्ध बनाउन सन्यस्थ राजनीतिक टिमको खाँचो छ भन्ने मलाई लाग्छ ।

मैले आफूलाई राजनीतिक सन्यासीको रुपमा लिने गरेको छु । अहिलेको देशको राजनीतिलाई सही दिशातर्फ लैजान र यो राजनीतिक परिवर्तनमार्फत सामाजिक तथा आर्थिक रुपान्तरण गर्न, जनताको जीवन फेर्न र मुलुकलाई समृद्ध बनाउन सन्यस्थ राजनीतिक टिमको खाँचो छ भन्ने मलाई लाग्छ ।

सन्यासी भनेको घरबार छाड्ने, समाज छाड्ने भनेको होइन । आजको सन्यासीको परिभाषा व्यक्तिगत अथवा निजी स्वार्थभन्दा माथि उठ्ने र आफ्नो उद्देश्यप्रति एकनिष्ठ भई समर्पित हुने र साधना गर्ने कुरा हो ।

जति सन्यासीहरु राजनीतिक नेताहरु हुन्छन्, उनीहरुकै नेतृत्वमा मात्र देशको विकास र समृिद्धको योजना सफल हुन्छ । राजनीतिलाई सफा गर्न राजनीतिक सन्यासीहरुको आवश्यकता छ ।

आधारभूत मूल्य मान्यतामा सम्झौता गर्दिन

म आफ्ना केही आधारभूत मान्यताहरुमा सम्झौता गर्दिन । त्यसलाई म लेनदेनको विषय बनाउँदिन । राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित विपरित कहिल्यै कुनै सम्झौता कसैसँग गर्दिन ।

क्रान्तिनिष्ठा, क्रान्तिकारी विचार र सिद्धान्त तीलाञ्जली दिने गरी कुनै सम्झौता गर्दिन । लोकतान्त्रिक मूल्य, विधि पद्धति र संस्थागत कार्यपद्धतिको अडान छाड्दिन ।

क्रान्तिनिष्ठा, क्रान्तिकारी विचार र सिद्धान्त तीलाञ्जली दिनेगरी कुनै सम्झौता गर्दिन । लोकतान्त्रिक मूल्य, विधि पद्धति र संस्थागत कार्यपद्धतिको अडान छाड्दिन ।

समाज, राज्यसंरचना, आन्दोलन, संगठन जहाँ भए पनि भ्रष्टाचारविरुद्ध संघर्ष गरिरहन्छु । जनता र श्रमजीवी वर्गको हितविरुद्ध दलाल तथा नोकरशाही पुँजीपति वर्गको पक्षमा सम्झौता गर्दिन । सत्य, ठीक, न्याय पक्षधर विवेकविरुद्ध जान्न । निहित स्वार्थका लागि विवेक बन्धकी राख्दिन ।

जीवनप्रति सन्तुष्टः यात्रा जारी

अहिलेको मेरो जीवनदेखि म सन्तुष्ट छु । आफूले आफ्ना लागि कति गरियो भन्ने कुरालाई होइन, उद्देश्यको सेवामा के कति गरियो भनेर ध्यान दिनुपर्छ । त्यस कोणबाट आफूलाई जति समर्पित गरेर लगाउनु पर्ने हो, मैले आफूलाई त्यसमा लगाएको पनि छु ।

सत्य, ठीक र न्यायको पक्षमा, देश, जनता, श्रमजीवी वर्ग र मानव जातिको पक्षमा समर्पित भएर लाग्नु र त्यसैमा आफ्नो मुक्ति देख्नु मेरो जीवन दृष्टिकोण र जीवन मूल्य हो । त्यसैमा आधारित भएर क्रियाशील छु । त्यसैले म सन्तुष्ट छु ।

मैले लामो समम त्याग गरेर राजनीति गरेको छु । त्यसैले राजनीतिमा ‘त्याग’ गरेपछि आफ्ना लागि त्यसको बदलामा केही प्राप्त गर्नुपर्छ भन्ने मलाई लाग्दैन । त्यस्तो दृष्टिकोणले जीवनलाई सचेत मुक्ति यात्राको रुपमा अघि बढाउँदैन ।

मैले लामो समर्य त्याग गरेर राजनीति गरेको छु । त्यसैले राजनीतिमा ‘त्याग’ गरेपछि आफ्ना लागि त्यसको बदलामा केही प्राप्त गर्नुपर्छ भन्ने मलाई लाग्दैन । त्यस्तो दृष्टिकोणले जीवनलाई सचेत मुक्ति यात्राको रुपमा अघि बढाउँदैन ।

मुक्तिको दिशामा लैजाँदैन । राजनीतिमा लागेपछि बदलामा निजी लाभ प्राप्त गर्नुपर्छ भनेर सोच्यौं भने राजनीतिलाई सही दिशामा लैजान सक्दैनौँ । आजको नेपाली राजनीतिको मुख्य समस्याको रुपमा निजी ‘प्राप्ति’ रहेको छ, निजी स्वार्थ रहेको छ । त्यसैले मेरो एउटा लक्ष्य ‘राजनीति’ सफा गर्नु पनि हो।

हामी सबैले संघर्ष गरेर ल्याएको राजनीतिक परिवर्तनले नयाँ खालको सम्भावना देखाएको छ । नयाँ सम्भावना भनेको सामाजिक, आर्थिक रुपान्तरण हो ।

सामाजिक न्यायसहितको समृद्घिको लक्ष्य हाँसिल गर्नु र समाजवादलाई नजिक ल्याउनु नै आजको आवश्यक्ता र सम्भावना हो ।

मेरो स्वास्थ्य

मेरो स्वास्थ्य अवस्था राम्रै छ । खासै समस्या छैन । तौल अलि बढी भए पनि अहिले डेड महिनादेखि १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ गरिरहेको छु । राम्रै भएको छ । ६ केजी तौल घट्यो । कम्तीमा २ महिना यो गर्ने विचार छ ।

मेरो सर्भाइकल स्पोन्डिलोसिसको समस्या थियो । घाँटीको त्यो समस्याले गर्दा दुवै हात झम्झमाउने, दुख्ने र कहिले काहीँ गाला समेत सुनिने हुनथाल्यो ।

चिकित्सकहरुले छिट्टै शल्यक्रिया नगरिए प्यारालाइसिस हुन सक्ने खतरा रहेको बताउनुभयो । उपचारका लागि विदेश नजाने मेरो जोड थियो । चिकित्सकहरु मान्नु भएन।

डा. वसन्त पन्त, डा. सि.पि. मास्के, डा. श्रीकृष्ण गिरी, डा. महेश मास्केलगायतका चिकित्सकहरुले संयुक्त रुपमा पत्र लेखेर मेरो उपचार जापानको होकाइडोस्थित सोपोरो अस्पतालमा गर्न अनुरोध गर्नुभयो ।

मन्त्रिपरिषद्ले निर्णय गरे अनुरुप म जापान गएर शल्यक्रिया गरी उपचार गराएँ । अहिले पनि मेरो घाँटीमा दुई वटा स्टिल पाता फिक्स गरिएको अवस्थामा छन् । यस्तो शल्यचिकित्सा त्यस बेलासम्म नेपालमा भएको थिएन ।

मन्त्रिपरिषद्ले निर्णय गरे अनुरुप म जापान गएर शल्यक्रिया गरी उपचार गराएँ । अहिले पनि मेरो घाँटीमा दुई वटा स्टिल पाता फिक्स गरिएको अवस्थामा छन् । यस्तो शल्यचिकित्सा त्यस वेला सम्म नेपालमा भएको थिएन ।

यसरी जापान गएर उपचार गराएर आएँ । अहिले ठिक छ । मेरो उपचारमा नेपाल सरकारको ३० लाख रुपैयाँ खर्च भएको छ । अहिले पनि पत्रपत्रिकामा कहिले काहीँ विदेशमा गएर राज्यकोषको नाजायज दोहन गरेको भनेर मेरो नाम पनि आउँछ । साह्रै दुःखी हुन्छु।

त्यो बेला व्यर्थै किन गएछु विदेशमा, बरु यही मरे पनि हुन्थ्यो भने झै लाग्दछ । कहिले काहीँ त घाँटीको पाता नै निकालिदिएर फालिदिउँ कि के हो जस्तो पनि लाग्दछ । पीडाबोध हुन्छ ।

समय आन्दोलन

समयको महत्त्वलाई बुझ्नु पर्दछ र समयको पालना गर्नु पर्दछ भन्ठान्छु । यसलाई जीवन व्यवहारमा पनि अभ्यास गर्दै आइरहेको छु । हामीकहाँ समयलाई बेवस्ता गर्ने प्रवृति जबर्जस्त छ ।

कार्यक्रमहरुमा ढिलो पुगियो भने ‘ठूलो मान्छे’ को हैसियत प्राप्त गरिन्छ वा ‘ठूलो मान्छे’ ढिलो पुग्नु पर्दछ भने झैँ व्यवहार गरिन्छ । त्यसले राज्य र समाजको हर क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ ।

कामलाई परिणाममुखी या उपलब्धिमूलक बनाउन र प्रगति गर्न मात्र समय अनुशासन पालना गर्नु पर्ने होइन, यो सभ्यता तथा सुसंस्कृतिको मापक पनि हो । हामी यसलाई बेवस्ता मात्र गरिरहेका छैनौँ । उल्टो ‘नेपाली समय’ भनेर आफ्नो मातृभूमिलाई आफैँले बदनाम गर्ने काम गरिरहेका छौंं । यसलाई फेर्नै पर्दछ ।

सार्वजनिक कार्यक्रमहरुमा आयोजकले दिएको समयमा नै पुग्दछु । समयमै कार्यक्रम शुरु भएन भने १५ मिनेट पर्खन्छु । तर १५ मिनेटपछि पनि शुरु भएन भने कार्यक्रम छोडेर हिँड्छु । थुप्रै कार्यक्रमहरुमा यस्तो गरेको छु ।

म समयलाई ठूलो महत्त्व दिन्छु र समयको पालना गर्दछु । वास्तवमा ‘समय आन्दोलन’ नै चलाइरहेको छु । सार्वजनिक कार्यक्रमहरुमा आयोजकले दिएको समयमा नै पुग्दछु । समयमै कार्यक्रम शुरु भएन भने १५ मिनेट पर्खन्छु । तर १५ मिनेटपछि पनि शुरु भएन भने कार्यक्रम छोडेर हिँड्छु । थुप्रै कार्यक्रमहरुमा यस्तो गरेको छु ।

म आउने कार्यक्रम भनेपछि समयमा शुरु गर्न आयोजकहरु सजग हुन थालेको देख्दा खुसी लाग्दछ । तर यो प्रवृत्तिमा नै परिवर्तनको आवश्यक्ता छ । यसै सन्दर्भमा सिंगो पार्टीलाई समयको महत्त्वबारे गम्भीर ध्यानाकर्षण गराउन समयको विषयलाई लिएर सचिवालयको बैठक स्थल नै छोडेको कुरा पनि सबैलाई थाहा नै छ । ‘शान्ति समाज’ले पनि ‘समय आन्दोलन’ चलाइरहेछ । म त्यसको उच्च प्रशंशा गर्दछु ।

मेरो सम्झना : मेरो चासोको विषय होइन

धेरै मानिसहरु तपाईको मृत्युपछि तपाईलाई अरुले कसरी सम्झिदेओेस् भन्ने चाहना छ भनेर सोध्छन् । अरुले कसरी सम्झने भन्ने कुरा मेरो चासो वा सरोकारको विषय होइन ।

त्यस्तो चाहना राखेर काम गर्ने होइन । मलाई सम्झिरहन पर्दछ भन्ने पनि लाग्दैन । म त्यसरी काम गर्दिन र त्यसरी सोच्दा पनि सोच्दिन । त्यो अरुको विषय हो ।

राष्ट्र, जनता, श्रमजीवी वर्ग र मानव जातिको सेवा पनि अन्नतः मेरै आनन्द र मुक्तिका लागि हो ।

म सत्यको अभ्यास र सामाजिक मुक्तिको अभियानमा निशर्त एवं निस्वार्थ समर्पणमा आफ्नो मुक्ति देख्छु र त्यो आधारमा कर्मशील रहन्छु । राष्ट्र, जनता, श्रमजीवी वर्ग र मानव जातिको सेवा पनि अन्नतः मेरै आनन्द र मुक्तिका लागि हो ।

मेरो कार्यको बदलामा मैले केही पाउनु पर्दछ वा मलाई विशेषरुपले सम्झिनु पर्दछ भन्ने सोच्दिनँ । त्यो सही सोच पनि होइन ।

 

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-२

‘बिपी कोइरालासँगको विवादले काँग्रेस परित्याग गरेँ’ (भिडियोसहित)

नारायणकाजी श्रेष्ठ 'प्रकाश'को फरक पाटो-१

बाल्यकालमा काँक्रा चोर्दा नराम्रो बदमासी गरेको छु (भिडियोसहित)




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV