मिया : पहिले स्तनले दियो तनाब, पछि भइन् स्टार



बीबीसी । पोर्न स्टार मिया खलिफाले पोर्न फिल्म क्षेत्र छोडेको उद्घोष गरेकी छिन् ।

मियाले बीबीसीलाई दिएको अन्तरवार्तामा आफूले पोर्न फिल्म क्षेत्र छोडेको बताएकी हुन् ।

अन्तर्वार्तामा मियाले भनेकी छिन्ः

मलाई लाग्थ्यो म खासै सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथ्यो । त्यसपछि मैले ग्र्याजुएसन गर्ने क्रममा तौल पनि घटाउन थालेँ । मेरो स्तन ठूलो थियो । स्तन ठूलो भएको कारण मलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो । मेरो तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।

ग्र्याजुएसन पूरा भएपछि म जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो एडल्ट फिल्ड भएको पनि बतायो । उसले न्यूड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिडा गए । त्यहाँका मानिस राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक गएँ र फिल्म गरे ।

पोर्न क्षेत्रमा म पीडित छैन । यो काम मैले आफ्नो इच्छाले गरेको हुँ । यसमा मलाई कुनै पनि प्रकारको दबाब आएन ।

पहिलो पोर्न

पहिलोपटक मियाले हिजाब लगाएर पोर्न फिल्म गरेकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार एडल्ट साइटमा उक्त भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पोर्न स्टार बनिन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV