श्रीमतीलाई जुवामा हारे श्रीमानले, ४ साथीले कपडा च्याते, त्यसपछि.....



एजेन्सी । जुवामा लत लागेका एक श्रीमानले आफ्नी श्रीमतीलाई जुवा दाउ लगाएका छन् । दाउ हारेपछि उनकी श्रीमतीलाई चार जना साथीले हक जनाए ।

महिलालाई बलात्कारको प्रयास भयो । किचनमा पुगेर श्रीमतीले आफ्नो इज्जत जोगाइन् । उनले पुलिसलाई खबर गरिन् । पुलिसले बलात्कारको प्रयास गर्ने चार जनालाई पक्रियो । पुलिसले ती युवालाई केही समयमै छाडिदियो ।

भारत उत्तर प्रदेश अन्तरगत कानपुर शहरको यो घटना अहिले भाइरल बनेको छ । पुलिसले महिलाका श्रीमानसहित पाँच जनाविरुद्ध बलात्कारको उजुरी दर्ता गरेको छ ।

घटनापछि महिलाले रुदै जुवामा आफूलाई हार्ने श्रीमानका बारेमा स्थानीयलाई जानकारी दिएकी छन् । पुलिसले पैसा खाएर आरोपी चार जनालाई छाडिएको महिलाले बताएकी छन् । पुलिसले भने आपसी विवाद भनेको छ ।

घटना पाँच दिन अघिको हो । ती महिलाका श्रीमान जुवाडी हुन् । उत्तर प्रदेश पुलिसका एसपी सञ्जीव सुमनले महिलाको उजुरीका आधारमा अहिले छानविन चलिरहेको बताएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV