दोस्ती, डिनर र सेक्स: हनी ट्रयापको डरलाग्दो घटना, मन्त्री र नेता पनि ट्रयापमा



एजेन्सी । भारतको मध्य प्रदेशमा हनी ट्रयापको डरलाग्दो घटना सार्वजनिक भएको छ । घटनामा संलग्न पाँच सुन्दर युवतीसहित अर्का एक  युवक पक्राउ परेका छन् ।

आफ्नो सुन्दरतालाई हतियार बनाएर उनीहरुले विभिन्न राजनीतिक दलका केन्द्रीयस्तरका नेतालाई समेत ट्रयापमा पारेका थिए । केही मन्त्रीसमेत उनीहरुको जालमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्री र उच्च सरकारी अधिकारीसँग सेक्स भिडियो बनाएर उनीहरुले करोडौँ रुपैयाँ असुलेको सार्वजनिक भएको छ । सरकारी निकायका दर्जनौँ व्यक्ति हनी ट्रयापमा परेका छन् ।

हनी ट्रयापको समूहले सूची नै बनाएर रकम असुल्ने गरेको थियो । मन्त्री, राजनीतिक दलका नेता र उच्च सरकारी अधिकारीसँग पुग्न विभिन्न जुक्तिको प्रयोग भएको छ ।

केही पत्रकारलाई समेत हनी ट्रयापमा पारेर उच्च सरकारी ओहोदामा बसेका व्यक्तिको सूची तयार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिडेन क्यामेराको प्रयोग गरेर अश्लील भिडियो बनाउने र उक्त समूहले रकम असुल्ने गरेको पुलिसले जनाएको छ । पुलिस अनुसन्धानका क्रममा दर्जनौँ नेताहरुको अश्लील भिडियो भेट्टिएको छ ।

इन्दौरका एक वरिष्ठ अधिकारीको  भिडियो सार्वजनिक भएपछि उनैको उजुरीका आधारमा हनी ट्रयाप समूहको पहिचान भएको थियो । एक दिनअघि मात्र उक्त समूहलाई पुलिसले पक्रेको छ ।

पाँच युवतीको गोप्य कुराले पुलिस आश्चर्यमा ! यसरी हुन्थ्यो हनी ट्रयाप

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV