श्रीमानभन्दा दोब्बर तलब थाप्ने ‘लाहुरेनी’

  • दीपेन्द्र राई

ब्रिटिस गोर्खा सैनिककी श्रीमती । अभाव छँदै थिएन । श्रीमान् लाहुरे भएपछि दुई पैसा कमाउनैपर्छ भन्ने बाध्यता थिएन । पसिनाको गीत गाएर खानुको मज्जा थाहा पाएकी उनलाई हङकङ पुगेपछि हात बाँधेर बस्न मन लागेन ।

हङकङ पुगेपछि उनले किन्डर गार्डेनका जुनियर विद्यार्थी पढाउन थालिन् । पढाउँदा–पढाउँदै साढे एक वर्ष बितेको पत्तै पाइनन् । उनले हङकङमै रेडियोसम्बन्धी तालिम लिइन् ।

नेपालमा रहँदा सरकारद्वारा दिइएको शिक्षक तालिम लिएकी थिइन् भने नर्सिङसम्बन्धी चारमहिने तालिमसमेत गरेकी थिइन् ।

श्रीमान्को पल्टन हङकङबाट ब्रुनाई सर्यो । हङकङमै रहँदा नर्सिङसम्बन्धी काम गर्न आवेदन दिए पनि मौका पाइनन् । ब्रुनाई पुगेपछि नर्सिङसम्बन्धी काम गर्ने मौका मिल्यो ।

भूगोल शेरचनले ब्रुनाईमा रहँदा १६ महिना नर्सिङसम्बन्धी काम गरिन् । पहिलोपटक १६ महिना काम गर्दा शेरचनले दोभाषे, मिडवाइफको भूमिकासमेत निर्वाह गरिन् । लगत्तै श्रीमानको पल्टन पुनः हङकङ सर्यो । त्यहीताका श्रीमानले लेस कर्पाेलमै अवकाश पाए ।

‘नेपालमा लिएको नर्सिङ तालिम ब्रुनाई पुगेपछि व्यावहारिक रूपमा कार्यान्वयन गर्न पाएँ,’ उनले सुनाइन्, ‘ब्रिटिस गोर्खा सैनिकको इतिहासमा ममात्रै त्यस्तो व्यक्ति हुँ (गोर्खा सैनिकका श्रीमती) जसले ब्रुनाईमा नर्सिङसम्बन्धी काम गर्ने मौका पायो ।’

भूगोल शेरचनले ब्रुनाईमा रहँदा १६ महिना नर्सिङसम्बन्धी काम गरिन् । पहिलोपटक १६ महिना काम गर्दा शेरचनले दोभाषे, मिडवाइफको भूमिकासमेत निर्वाह गरिन् । लगत्तै श्रीमान्को पल्टन पुनः हङकङ सर्यो । त्यहीताका श्रीमान्ले लेस कर्पाेलमै अवकाश पाए ।

सेवाप्रवेशको १४ वर्षमै श्रीमान्ले अवकाश पाएपछि सपरिवार नेपाल फर्के । नेपाल फर्केको वर्ष दिनमा श्रीमान् पुनः गोर्खा रेजिमेन्ट युनिट (जीआरयु) का लागि ब्रुनाई पुगे ।

दोस्रोपटक ब्रुनाई पुगेकी शेरचनले फेरि १८ महिना नर्सिङसम्बन्धी काम गर्ने मौका पाइन् । उनले थपिन्, ‘श्रीमान्को भन्दा मेरो तलब धेरै थियो । श्रीमान्को तलब १२ सय थियो भने मेरो २२ सय ।’

लाहुरेका लागि ब्रुनाई क्याम्पभित्र छुट्टै अस्पताल व्यवस्था गरिएको थियो । उनले सोही अस्पतालमा काम गरिन् । सानोतिनो उपचार त्यहीं हुन्थ्यो । त्यहाँ उपचार हुन नसकेको बिरामी थप उपचारका लागि रिपास (ब्रुनाईको नामी अस्पताल) पठाइन्थ्यो ।

उनले रिपाससम्म बिरामी पुर्याउँथिन् । त्यतिबेला उनले दोभाषेको कामसमेत गर्नुपथ्र्योे । उनले ब्रुनाई अस्पतालमा काम गर्दा कसैको ज्यान गएन । उनले अतीत सम्झिन्, ‘अस्पतालमा काम गरेको विगत सम्झँदामात्रै पनि हिजोआज मनमनै खुसी हुन्छु ।’

ब्रुनाई अस्पतालमा अहिलेसम्म जतिले काम गरेका छन्, उनीहरू नेपाल सरकारबाट माग भएबमोजिम प्रक्रिया मिलाएर जानेले मात्रै काम गरेका छन् । डाक्टर, स्टाफ नर्स, मिडवाइफ माग भएपछि उनीहरू खुला प्रतिस्पर्धाबाट छनोट भई ब्रुनाई जान्छन् । त्यसो हो भने भूगोल शेरचनले ब्रुनाईमा दुई–दुईपटक नर्सिङसम्बन्धी काम गर्ने मौकाचाहिँ कसरी पाइन् ?

उनीबाहेक ब्रिटिस गोर्खा सैनिकका श्रीमतीले आवेदन दिए पनि काम गर्न किन पाएनन् ? ‘जीआरयुमा अहिलेसम्म ब्रिटिस गोर्खा सैनिककी श्रीमतीले काम गर्नेमा ममात्रै हुँ । यहाँ काम गर्ने एक दिदी छुट्टीमा नेपाल फर्कंदा मलाई काम गर्न मौका मिलेको हुनुपर्छ,’ उनको ठम्याइ छ, ‘घरायसी कामले नेपाल फर्केकी दिदी अलि ढिलो ब्रुनाई फर्कनुभयो । त्योताका मैले काम गर्ने मौका पाएँ । ब्रुनाईमा सिभिलसरहको सेवा–सुविधासहित जागिर खाने गोर्खाजकी श्रीमती ममात्रै हुँ ।’

ब्रिटिस गोर्खा सैनिकका श्रीमती पल्टनमा रहँदा कोही त्यत्तिकै दिन बिताउँथे । कोही किचनमा काम गर्थे त कोही न्याफी (सपिङ सेन्टर) मा काम गर्थे । हङकङमा उनीसँगै पाँचजनाले नर्सिङमा आवेदन दिए पनि काम गर्ने मौका उनलेमात्रै पाउनुको रहस्य के होला ?

‘श्रीमान् अलि रोगी हुनुुहुन्थ्यो । उहाँ रोगी हुनुभएपछि छोराछोरीको पालनपोषणमा अप्ठ्यारो पर्ने नै भयो,’ उनको स्वीकारोक्ति छ, ‘मैले नर्सिङसम्बन्धी काम गर्ने मौका पाउँदा श्रीमान्को टेककेयर हुने र छोराछोरीको पालनपोषण गर्न सजिलो होस् भनेरै मलाई मौका दिइएको हुनुपर्छ ।’

पल्टनमा रहँदा ब्याडमिन्टन खेलाडीका रूपमा समेत उनले परिचय बनाएकी थिइन् । हङकङ पुगेपछि पहिलोपटक ब्याडमिन्टन छोएकी उनले सुरु–सुरुमा अरूले फालेको कक टिपेर बाटोबाटोमा खेल्ने गर्थिन् ।

‘हलमा चाहिँ ब्रिटिस गोर्खा सैनिककी श्रीमतीले मात्रै खेल्थे । हामी सिपाहीका श्रीमतीको त्यहाँसम्म पुगेर खेल्ने पहुँच थिएन,’ उनले अतीत सम्झिन्, ‘आफूभन्दा सिनियरले खेलेको हेर्दै उनीहरूले फालेको कक टिपेर हामी ब्याडमिन्टन खेल्ने अभ्यास गथ्र्याैं ।’

बाटो–बाटोमा ब्याडमिन्टन खेल्ने उनी बिस्तारै अफिसर दिदीहरूसँग मिसिएर खेल्न थालिन् । क्षामा विष्णु गौचन र गमुन्द्र गौचन क्याप्टेन भएकाले पछि–पछि उनलाई अफिसर दिदीहरूसँग ब्याडमिन्टन खेल्न मौका मिल्योे ।

हङकङमा युनिट–युनिटबीच प्रतियोगिता हुँदा भाग लिने उनी कहिल्यै खालीहात परिनन् । ब्याडमिन्टनकी अब्बल खेलाडी उनले सधैं पहिलो पुरस्कार हात पार्थिन् ।

विनातालिम, विनाप्रशिक्षक बाटोबाटोमा ब्याडमिन्टन खेलेकी उनले पल्टनका दिदीबहिनीलाई मात्रै होइन ब्रिटिस गोर्खा सैनिकसँग पनि ब्याडमिन्टन खेल्थिन् । उनीहरूलाई समेत पराजयको स्वाद चखाएकी थिइन् ।

हङकङ पुगेको हप्ता, दस दिनपछि ब्याडमिन्टन खेल्न थालेकी उनलाई अझै सम्झना छ, ‘कतिपय अफिसर दिदीबहिनीले लुंगी लगाएर ब्याडमिन्टन खेल्थे । कतिपय दिदी स्वीमिङ कष्टम नलगाई स्वीमिङपुलमा हामफालेको देखें । पेटिकोट लगाएर स्वीमिङ गर्दा उहाँहरूको हालत कस्तो देखियो होला ।’

पल्टनमा रहँदा उनी सुटिङमा अब्बल मानिन्थिन् । सुटिङ प्रतियोगिता हुँदा उनले कहिल्यै दोस्रो, तेस्रो पुरस्कारमा चित्त बुझाउन परेन । सधैं प्रथम । विभिन्न विधाको खेलमा हात पारेको पुरस्कार काठमाडौंको पुतलीसडक चोकमै रहेको उनको घरमा लोभलाग्दो गरी सजाइएको छ ।

पल्टनमा गोर्खा सैनिकका श्रीमतीलाई विभिन्न गतिविधिमा सक्रिय राख्ने गरिन्थ्यो । पल्टनमा रहँदा ब्रिटिस गोर्खा सैनिककी श्रीमतीले समेत केही गर्नुपर्छ भन्ने त्यहाँको सरकारको मान्यता थियो । त्यही मान्यताले गर्दा भूगोल शेरचनलाई नेपाल फर्केपछि केही न केही गरिरहने बानी पार्यो ।

६ वर्षसम्म ब्रुनाई र हङकङ बसेर नेपाल फर्केकी उनले काठमाडौंको पुतलीसडक चोकमै विशाल घर बनाइन् । ब्रिटिस गोर्खा सैनिकमध्ये कमैले पुतलीसडक चोकमा घर बनाएका छन् ।

संवत् २०४६ मा पुतलीसडकमा घर बनाएको देख्ने गोर्खा सैनिकले सुरु–सुरुमा तीनछक पर्थे रे । उनले गर्व गरिन्, ‘त्यतिबेला ब्रुनाईमा कमाएको रुपैयाँ सही ठाउँमा सदुपयोग गरेछु जस्तो लाग्यो ।’

संवत् २०४६ मा पुतलीसडकमा घर बनाएको देख्ने गोर्खा सैनिकले सुरु–सुरुमा तीनछक पर्थे रे । उनले गर्व गरिन्, ‘त्यतिबेला ब्रुनाईमा कमाएको रुपैयाँ सही ठाउँमा सदुपयोग गरेछु जस्तो लाग्यो ।’

नेपाल फर्केपछि उनले काठमाडौंमा तीन वर्षसम्म मोडर्न कम्प्युटर मेनेजमेन्ट इन्स्टिच्युट खोलिन् । इन्स्टिच्युट बेचेर उनी ०५३ बाट लायन्स क्लबमा आबद्ध भइन् । लायन्स क्लबमा १३ हजारभन्दा बढी सदस्य रहेका छन् ।

लायन्स क्लबमा ब्रिटिस गोर्खा सैनिककी श्रीमतीको उपस्थिति नगन्य छ । तर ब्रिटिस गोर्खा सैनिककी श्रीमतीमात्रै होइन, भूगोल शेरचनजस्ती आदिवासी जनजाति महिलाले लायन्स क्लबमा बनाएको लोभलाग्दो व्यक्तित्वलाई कम आँक्न मिल्दैन ।

०६३ मा महासंघ अध्यक्ष हुँदा उनले जनजाति महिलालाई जागरुक बनाउने उद्देश्यले ३५ जिल्ला पुगेर तालिम सञ्चालन गरिन् । त्यो तालिम पाएका महिलाको जीवनशैलीमा परिवर्तनमात्रै आएन, उनीहरूले आफ्नो व्यक्तित्वसमेत एक हदसम्म उकासेको देख्दा उनलाई कम खुसी लागेको छैन ।

म्याग्दीको साबिक रुम गाउँ विकास समितिकी उनले नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।

०६३ मा महासंघ अध्यक्ष हुँदा उनले जनजाति महिलालाई जागरुक बनाउने उद्देश्यले ३५ जिल्ला पुगेर तालिम सञ्चालन गरिन् । त्यो तालिम पाएका महिलाको जीवनशैलीमा परिवर्तनमात्रै आएन, उनीहरूले आफ्नो व्यक्तित्वसमेत एक हदसम्म उकासेको देख्दा उनलाई कम खुसी लागेको छैन ।

mode_editप्रतिक्रिया

menu LIVE TV
menu LIVE TV