बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय



धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो ।

पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए ।

मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा विसं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

चौध पटकको इजलासमा मुद्दा फैसला भएपछि मृत्यु भएकै भए पनि आरोपितले सजाय पाएको र न्याय मर्दैन भन्ने विश्वास पलाएको अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खविडाले बताए ।

जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV