पाँच युवतीको गोप्य कुराले पुलिस आश्चर्यमा ! यसरी हुन्थ्यो हनी ट्रयाप



एजेन्सी । भारत मध्य प्रदेशको राजधानी भोपालमा हनी ट्रयाप चर्चा पाएको छ । घटनामा संलग्न पाँच युवतीको बयानले मध्य प्रदेश पुलिसका अधिकारीहरु आश्चर्यमा परेका छन् ।

सुन्दर पाँच युवतीसंगै एक युवक गिरफ्तार भएपछि हनी ट्रयापको जालोमा मन्त्री, सांसद, उच्च सरकारी अधिकारी र पत्रकारसमेत परेको पुष्टि भएको छ ।

युवतीहरुले भिआइपी व्यक्तिको सेक्स भिडियो बनाउने र त्यसैका आधारमा पैसा असुल्ने गरेको पुष्टि भएको छ । अहिलेसम्म यो समूहले करोडौँ रुपैयाँ असुलेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

घटनामा संलग्न एक युवती आरती दयाल २९ वर्षकी भइन् । उनले एनजिओ चलाउँछिन् । उनी हनी ट्रयापमा क्रियाशिल थिइन् । उनी इन्दौरमा महंगो गाडी चढेर हिड्ने गरेकी थिइन् ।

समूहमा सक्रिय अर्की श्वेता जैन हुन् । उनी थर्मल यन्सुलेशन उत्पादन गर्ने कम्पनीकी मालिकसमेत हुन् । श्वेताले पनि महंगो गाडी चढ्ने र अधिकाँस समय पाँच तारे होटलमा बस्ने गरेको पुलिस अधिकारीले बताएका छन् । उनीसँगबाट लाखौँ रुपैयाँ बरामद भएको छ ।

श्वेता स्वप्निल जैन नामकी अर्की युवती पनि हनी ट्रयापमा संलग्न रहेको पुलिसको आरोप छ । उनी समूहकी सबैभन्दा सुन्दर र आकर्षित युवती हुन् । उनले मन्त्री, सांसद र उच्च सरकारी अधिकारीलाई जालमा पारिन् ।

अर्की युवतीको नाम बरखा सोनी हो । उनी एनजिओ सञ्चालिकासमेत हुन् । उनी विभिन्न मन्त्रालयमा पुग्ने र मन्त्रीहरुलाई निशाना बनाउने मुख्य सदस्य हुन् । उनले करोडौँ रुपैयाँ कमाएको अनुमान गरिएको छ ।

हनी ट्रयाप ग्रुपमा १८ वर्षीया मोनिका यादवसमेत संलग्न थिइन् । उनी स्थानीय कलेजमा अध्ययन गरिरहेकी थिइन् । यो समूहको सम्पर्कमा आएपछि उनी पनि आर्थिक रुपले सम्पन्न भएको देखिएको छ ।

यो पनि हेर्नुहोस्

दोस्ती, डिनर र सेक्स: हनी ट्रयापको डरलाग्दो घटना, मन्त्री र नेता पनि ट्रयापमा




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV