अरू मन्त्री गाडीमा, पर्यटनमन्त्री र्‍यालीमा



काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा सैनिक मञ्चमा आयोजना गरेको संविधान दिवस तथा राष्ट्रिय दिवसको मुल कार्यक्रममा मन्त्री तथा उच्च तहका कर्मचारीहरु सवारीसाधानमा पुगेका थिए ।

कार्यक्रम स्थल पुग्न अघि सरकारी तथा सैरसरकारी संस्थाहरु विभिन्न झाँकीसहित सडकमा र्‍याली गरेको थिए । त्यही र्‍यालीमा सहभागीमध्ये संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई पनि सर्वसाधरणसँगै थिए । उनी हिँडेरै सैनिक मञ्च पुगेका थिए ।

मन्त्रालयका कर्मचारी, गैरसरकारी संघ संथाका पदाधिकारी तथा कर्मचाहरु भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट भद्रकाली, शहीदगेट हुँदै सैनिक मञ्च पुगेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV