खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घट्यो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा मूल्य घटेको निगमले जनाएको छ । 

शुक्रबारबाट प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो । ग्यासको मूल्य घटेसँगै सर्वसाधरणले दशैंअघि प्रतिसिलिण्डर एक हजार ३ सय ५० रुपैयाँमा खाना पकाउने ग्यास पाउने भएकाछन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV