उपत्यकामा जामको सास्ती



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम अत्यधिक बढेको छ । सवारी साधनमा यात्रा गर्ने सवारी चालक तथा यात्रुले एक चोकदेखि अर्को चोकसम्म पुग्न पनि घण्टौं जाममा बस्नुपर्ने भएको हो ।

सवारी साधन दिन प्रतिदिन थपिने तर सरकारले सडक मर्मतसम्भार तथा विस्तारमा ध्यान नदिँदा जाम बढेको हो । काठमाडौं उपत्यकाका सडकभरि खाल्डाखुल्डीका कारण पनि जाम थपिएको छ ।

चोक–चोकमा ट्राफिक लाइट हुँदा सवारी साधन व्यवस्थित रूपमा आवातजावत हुने भए पनि उपत्यकाका सबै चोकमा ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् ।

सरकारले पानी जहाज, रेलको सपना देखाइरहे पनि सार्वजनिक यातायात, विद्यमान सडकको मर्मतसम्भार र विस्तारजस्ता कुरामा भने कम चासो दिने गरेको छ ।

नेपाल अटोमोबाइल एसोसिएसन (नाडा)का उपाध्यक्ष प्रकाश कपुतले भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउन नसकेको बताउँछन् । ‘हामीले ट्रान्सपोर्टेसनका लागि रेलवे, पानी जहाजको कुरा गरिरहेका छौं तर अहिले भइरहेकैलाई व्यवस्थित बनाउनेमा त्यति ध्यान दिएका छैनौं,’ कपुतले भने ।

आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV