हवाई भाडा समायोजन गृहकार्य : स्वदेशी र विदेशीलाई समान हुने



काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन् ।

भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धराशयी हुने सञ्चालकहरुको चिन्ता छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेश गर्न पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरेका छन् ।

आजको नागरिक दैनिकमा मिनराज भण्डारीले यो समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV